Wartman Kal DainikOnline News Portal

तोलामै १३ सय बढेर एक लाख २२ हजार पुग्‍यो सुन

December 28, 2023 · Best Design Nepal

सुनको मूल्य आज एकैदिन १३ सय रूपैयाँले बढेर प्रतितोला एक लाख २२ हजार पुगेको छ। जुन मूल्य हालसम्मको बढी हो।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको हो।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ। 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपैयाँ कायम गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समययता सुनको मूल्‍यमा निरन्तर उकालो लाग्दै गएको छ। यसअघि गत मंसिर १८ गते सबैभन्दा धेरै मूल्य एक लाख २१ हजार छ सय रूपैयाँ तोलामा सुनको कारोबार भएको थियो।

Leave a Reply