नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत आउन मोदीको निम्तो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २९, आईतबार (२ घण्टा अघि)
  • १०१ पटक पढिएको
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत आउन मोदीको निम्तो

काठमाडौं, २९ चैत। नरेन्द्र मोदी ले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह लाई भारत भ्रमणको निम्तो दिएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल का अनुसार प्रधानमन्त्री शाहले १३ चैतमा पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत उक्त निम्तो दिएका हुन्।

हाल मोरिसस मा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको जानकारी दिएका छन्।

मोरिससबाट काठमाण्ढौका केहि पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले भ्रमणलाई परिणाममुखी बनाउन आवश्यक गृहकार्य भइरहेको बताए। ‘प्रधानमन्त्रीले निम्तो स्वीकार गर्नुभएको छ,’ उनले भने, ‘दुवैतर्फबाट प्राविधिक र राजनीतिक तहमा तयारी पूरा भएपछि मात्र भ्रमण हुनेछ, ताकि यसले ठोस नतिजा दिन सकोस्।’

उनका अनुसार द्विपक्षीय संयन्त्रमार्फत छलफल गरी उपयुक्त समयमा भ्रमणको मिति तय गरिनेछ। दुवै पक्षले यस भ्रमणबाट ठोस उपलब्धि हासिल गर्ने लक्ष्य राखेका छन्।

मन्त्री खनाल हिन्द महासागर सम्मेलन (आईओसी) मा सहभागी हुन मोरिसस पुगेका हुन्। उक्त सम्मेलन India Foundation, भारतको विदेश मन्त्रालय तथा मोरिसस सरकारको संयुक्त आयोजनामा भइरहेको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार यसपटकको उच्चस्तरीय भ्रमणलाई औपचारिकतामा मात्र सीमित नराखी ठोस उपलब्धिमुखी बनाउने स्पष्ट उद्देश्य राखिएको छ। काठमाडौं र नयाँदिल्ली दुवै पक्ष त्यसतर्फ केन्द्रित भएर तयारीमा जुटेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस