भारतीय कन्टेनर मा २४७ के।जी। लागुऔषध गाँजासहित मालबाहक ट्रक पक्राउ
पवन प्रसाद साह । पर्सा । असार २८ गते
ठूलो परिमाणमा लागुऔषध गाँजा ९भारतीय कन्टेनर ० ट्रकमा लोड गरी हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको भन्ने सूचना प्राप्त भई यस कार्यालयबाट विगत २४ घण्टादेखि भएको निरन्तर निगरानी, सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा आज मिति २०७८।०३।२८ गते जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं।२५ गेटनजिक यस कार्यालयबाट खटिएको टोलीले नम्बरको भारतीय कन्टेनर ट्रकलाई रोक्न खोज्दा गाडी रोकी स्टार्ट अवस्थामा चालक फरार भएको उक्त ट्रकको कन्टेनरको च्याम्बर खोली जाँच गर्दा रातो प्लाष्टिकमा बेरेर प्याकेट गरिएको अवस्थामा राखिएको २३ वटा पोकाभित्र २४७ के।जी। लागुऔषध गाँजा फेला परेकोले सो ट्रकलाई उल्लेखित गाँजासहित बरामद गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा सूचित गरिन्छ ।
साथै उल्लेखित ट्रकको सवारीधनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको व्यहोरा समेत जानकारी जिल्ला प्रहरी कार्यालयका पर्सा ले जनाएको छ।
पवन प्रसाद साह ।
Leave a Reply
You must be logged in to post a comment.