
रुपन्देही, २९ चैत। रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजी (जुवा)मा संलग्न २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुईजना नेपाली छन् भने १८ जना भारतीय नागरिकहरु हुन् । प्रहरीले चैत्र २७ र २९ गते दुई दिन गरी जिल्लाका विभिन्न ठाउँबाट ठूलो संख्यामा मानिस पक्राउ गरेको हो ।
जिल्ला प्रहरी र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले अनलाइन बेटिङमा प्रयोग हुने विभिन्न प्रमाणसहित मानिस पक्राउ गरेको हो । आइतबार जिल्लाको तिलोत्तमा नगरपालिका–७ बाट ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित बासडिह थाना, मिश्रवलिया गाउँ वलिया बस्ने ३० वर्षमा प्रदीप गुप्ता, कर्नलगंज थाना, बसेरिया, उत्तर प्रदेश गोण्डा भारत बस्ने बर्ष २२ का पवन कुमार, भारतकै उत्तर प्रदेशको बासडिह थाना मिश्रवलिया बस्ने बर्ष २० का सतिश कुमार, भारतको विहार प्रदेशको हुसेनगंज थाना मोहुवल बजार बस्ने बर्ष २१ का मनुकुमार सोनीलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
यस्तै, नैरहवा थाना विहार प्रदेश, सिवान बस्ने बर्ष २१ का अमर कुमार, बिहारकै उमेरी वेगमजंग थाना गोण्डा बस्ने बर्ष २१ का नर सिंह, बिहारकै गोण्डा उमेरी वेगमगंज थाना बस्ने वर्ष २४ का रामअसिस सिंह, गंनपुर थाना यरुली इष्ट बंगाल बस्ने बर्ष ३१ का सुदिप तो माझी र उत्तर प्रदेशको हण्डी थाना वेलहरी बस्ने वर्ष २२ का अबिशेष ठाकुरलाई पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट ल्यापटप ३ थान, मोबाइल २० थान र हिसाब राख्ने गरेको रजिष्टर ५ थान बरामद गरिएको डीएसपी चन्दले जनाए ।
यसैगरी तिलोत्तमा १५, कोटिहवाबाट चैत्र २७ गते प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मजामगढ गाउँ जगदिशपुर भारत बस्ने बस्ने बर्ष २८ का सन्दिप कुमार, हैदरावाद, तेलङ्गना प्रदेश हिमालाय नगर भारत बस्ने बर्ष ४३ का एमडी हाकिम, तहसिलहाटा उत्तर प्रदेश कुशिनगर बस्ने बर्ष २६ का सतेन्द्र सिंह, तहसिलबास गोरखपुर बस्ने बर्ष ३६ का श्याम सुन्दर, मउगाउँ रतनपुर बस्ने बर्ष २४ का दीपक पाण्डे, मउगाउँकै गाजिपुर तिराह अस्पताल लाइन बस्ने वर्ष ३२ का रियाज अहमद र कानपुर देहाद रसुल्लावाद बस्ने बर्ष ३५ का प्रदीप कुमारलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
यसैगरी रुपन्देहीको ओमसतिया गाउँपालिका–१ बस्ने बर्ष ३४ का अकलेशकुमार यादव, सुर्खेत घर भई हाल तिलोत्तमा–१५, कोटिहवा बस्ने बर्ष ३८ की सिमा राना, दिल्ली बस्ने बर्ष ३६ की तन्नु कुमारी र दिल्ली नै बस्ने वर्ष ३८ की राखी झालाई पक्राउ गरिएको प्रहरी भनाई छ ।
उनीहरुका साथबाट भारतीय बिभिन्न बैंकहरुको चेक बुक २३ बन्डल, बिभिन्न बैंकको एकटीएम कार्डहरु २५ थान, नेपाली नगद ९१ हजार ७२५ रुपैयाँ, भारतीय पासपोर्ट १ थान, स्ट्याप्प छाप ३ थान, पेनड्राइप ३ थान, बिभिन्न कम्पनीका मोबाइलहरु २१ थान, बिभिन्न कम्पनीका ल्यापटप ६ थान, भारतीय बिभिन्न ब्यक्तिका आधार कार्ड ३० थान र जेटीएफ कम्पनीको राउटर १ थान बरामद गरिएको डीएसपी चन्दले बताए । पक्राउ परेको २० जनामाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
