संसदीय समितिमा चार दलका प्रमुख एकै ठाउँमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २९, आईतबार (१ घण्टा अघि)
  • ७४ पटक पढिएको
संसदीय समितिमा चार दलका प्रमुख एकै ठाउँमा

काठमाडौं, २९ चैत। चार पार्टीका प्रमुख एउटै संसदीय समितिमा बसेका छन् ।

गत शुक्रबार प्रतिनिधिसभाले १० वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा रहने सदस्यहरू तय गरेको थियो । त्यसक्रममा प्रमुख पार्टीका प्रमुखहरू राज्य व्यवस्था तथा सुशासन समितिमा बसेका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समिति २६ सदस्यीय छ ।

यसको सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड छन् । यी दुवै जना विघटित प्रतिनिधिसभाको कार्यकालमा पनि यही समितिको सदस्य रहेका छन् ।

यसबाहेक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा संसदीय दलका नेता ज्ञानबहादुर शाही पनि राज्य व्यवस्था तथा सुशासन समितिमै रहेका छन् ।

यसबाहेक समितिमा अफ्साना बानु, अमरेश कुमार सिंह, अर्जुननरसिंह के.सी., कमल सुबेदी, करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पद्माकुमारी अर्याल,  पुरुषोत्तम शुप्रभात यादव सदस्य रहेका छन् ।

सांसदहरू बिश्व राज पोखरेल, भीष्मराज आङ्देम्बे,  मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाई,  रविन्द्र पटेल, राम लामा, रुबिना आचार्य, रेखा कुमारी यादव, विष्णुमाया बि.क., श्रद्धा कुवर क्षेत्री र हरि ढकाल राज्य व्यवस्था तथा सुशासन समिति सदस्य छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस