Wartman Kal DainikOnline News Portal

सप्तरीको बीओपी सुभरन पार्टीद्धारा स्कुटर सहित चोरी गर्ने ब्यक्ति पक्राउ

July 9, 2021 · Best Design Nepal

नविन यादव सप्तरी। असार २४ गते

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०९ स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी सुभरनपट्टीले स्कुटर सहित चोरी गर्ने ब्यक्तिलाई पक्राउ गरिको छ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी सुभरनपट्टीबाट खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक टुकमान पछाईको कमान्डमा खटिएका गस्ती टोलिले नेपाल बाट भारत तर्फ लैजादै गर्ने क्रममा चोरी गरेको प्रदेश २(०१ ००१प ३७४० नम्बरको यमहाको स्कुटर सहित डाक्नेश्वरी नगरपालिका वडा नम्बर ०९ घर भएका बर्ष २६ को जितेन्द्र सरदारलाई चेक जाच तथा सोधपुछ गर्दा निज ब्याक्तीले यामाहाको स्कुटर चोरी गरेर भारत तर्फ भाग्न खोज्दा , सशस्त्र प्रहरी बल नेपाल बिओपी सुभरनपट्टी गस्ती टोलिले निजलाई स्कुटर सहित नियन्त्रणमा लिएको छ।

आवश्यक सोधपुछ गर्दा निजले उक्त यामाहाको स्कुटर डाकनेश्वरी न पा ०९ पथरगडा बाट चोरी गरि भारत तर्फ लैजाने लागेको बताए पछि , निज सरदार सहित स्कुटर लाई नियन्त्रणमा लिएका छ।

Leave a Reply