१६ वर्षीया युवती माथि सामुहिक बलात्कारको प्रयास,आरोपित फरार
शम्भु पाण्डे जनकपुरधाम जेठ १५ गते
धनुषामा एक युवती माथि सामुहिक बलात्कारको प्रयास भएको छ । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ मा गत जेष्ठ १२ गते बुधबार दिउसो ३ बजे खेतबाट काम गरेर घर फर्किरहेकी स्थानीय एक १६ वर्षीया युवती माथि ३ जना ब्यक्तिहरु द्वारा सामुहिक बलात्कारको प्रयास भएको छ। स्थानीय शिब मुखियाको छोरी सिमा कुमारी ९परिवर्तित नाम०मुखिया उपर बलात्कारको प्रयास भएको हो । सबैला नगरपालिका वडा नम्बर १२ को रघुनाथपुर बस्ने तीन जना युवाले किसोरीलाई बलात्कार प्रयासगर्दै भीडीयो खिचेको पीडितले जनाएकी छन् । घटनालाई गुपचुप रुपमा गाउँमै मिलाउने प्रयास भइरहँदा विहिवार प्रहरी सम्म जानकारी पुगेपछि जाहेरी समेत परेको छ ।आरोपीत युवाहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकोछ । पिडित युवतीका अनुसार बुधबार अपराह्न ४ बजे गाउँदेखि पुर्व पटि खेतमा जाने बाटोको छेउमा रहेको आफ्नो खेतमा काम गर्न गएको र सोही दिन साँझ ४ बजेको समयमा आफ्नो घरतर्फ फर्किरहेको अवस्थामा बाटोमा पहिल्यैदेखि लुकीछिपी बसीरहेका तर ती युवक भन्दै टिक टक बनाउन लागे सबैला न।पा(१२ गनेशपुर गाउँ बस्ने गाउकै गत बुधवार दिउँसो दिउँसो खेतमा गएकी बेला स्थानीय १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानले बलात्कार प्रयासगर्दै भीडीयो बनाएको प्रहरीमा उजुरी परेकोछ । अगाडीबाट आएर बाटो छेकेर मेरो मन्जुरी बगैर बल जबर्जस्ती चारैतिरबाट घेरा हाली भाग्न उम्कन कुनै मौका नदिई करणी गर्ने नियतले लछारपछार गरी घिसार्दै नजिकैको आलीको भित्तामा लगेर अर्धनग्न पारेर करणी गर्ने प्रयास गर्न थालेपछि आफुलाई बचाउन जोरजोरले कराउन सुरु गरे पछि खेतमा काम गरेर आ(आफ्नो घरतर्फ फर्किरहेका गाउँलेहरु आवाज सुनेर मलाई बचाउन होहल्ला गर्दै ती तीनैजना उपर हमला गरेपछि उनीहरू आफुलाई छाडेर भागेको बताएकी छिन ।पिडित अनुसार तुरुन्तैम बरमझिया प्रहरी चौकिमा गएर जनकारि गराए । पिडित युवतीले आफुमाथि अमर्यादित यौन दुर्व्यवहार गरि समाजमा रहेको मान सम्मान र ईज्जत प्रतिष्ठामा आँच पुर्याएका ती तीनैजना ब्यक्तिहरुको खोजतलास र पक्राउ गरि कानुनी कार्यवाही गरेर हदैसम्मको दण्ड सजाय गरि माग गर्दै बिहिवार दिउँसो तिनजना बिरुद्ध धनुषा प्रहरी कार्यालय सबैलामा जाहेरी मुद्दा दर्ता दरखास्त भइसके बताएको छ । बलात्कारको प्रयासमा संलग्नमा यश अघि पनि यसतै घटना गर्ने र गाउमै मिलाउने गरेको स्थानीयले बताएको छ । प्रहरीले घटना सोधपुछ गरि युवतीलाई चेकजाँच लागि जनकपुर लगेको थियो बताए ।
Leave a Reply
You must be logged in to post a comment.