वर्तमानकाल सम्वाददाता
बैशाख १२ गते ।
जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिले अध्ययनलाई महत्व दिनुपर्ने बताएका छन्। कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) मा मंगलबार ‘नेतृत्व र पठन’ विषयक सत्रमा राउतले नेतृत्व वर्गले आफू र नागरिकका लागि ज्ञान लिन जरुरी रहेको धारणा राखे ।
उनले नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्ने बताए । ‘अहिले किन पढ्नुप¥यो भन्ने खालको भाष्य पैदा भइरहेको छ, तर त्यो गलत हो’, उनले भने, ‘पढ्नु एकदमै आवश्यक छ ।’ अहिलेको सूचना प्रविधिको युगमा पढ्ने प्रचलन कम भएको राउतले बताए । मानिसले बर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतको भनाइ छ ।
‘म हरेक दिन पढिरहेको हुन्छु, कुनैबेला बिहान मैले दुई घण्टा पढिन भने त्यो दिन बर्बाद भएजस्तो ठान्थें’, राउतले भने । हिजोआज धेरैले ‘पढेलेखेकाहरुले देश बिगारे’ भन्ने गरेको भन्दै उनले पढेलेखेका मानिसहरुको कदर नभएको
धारणा राखे ।
‘पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, अहिले त आक्रोश पोखिन्छ,’ उनले भने, ‘यो देश पढेलेखेकाहरुले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन।’ उनले अहिलेको सरकार संसदप्रति जिम्मेवार नभएको टिप्पणी गरे ।