रौतहट,१३ वैशाख। रौतहट स्थित सवारी दुर्घटनामा परेर १ बर्षको अवधिमा ४१ जनाको ज्यान गएको छ।
ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०/०८१ को १ बर्षमा नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन लाई कारवाहीको दायरामा ल्याएर डेढ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ।
अघिल्लो आर्थीक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटना संगै मृत्यु हुनेको सङ्ख्या कमी आएको ट्राफिक प्रहरीले जनाएको छ। गत साउन देखि यही वैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कारवाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।
सोही अवधिमा जिल्लाको विभिन्न स्थानमा भएको ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको इन्स्पेक्टर आचार्यले जानकारी दिएका छन्।
अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ।
अघिल्लो आर्थिक वर्षमा रौतहटमा १ बर्षको अवधीमा भएको ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
नेपालमा धेरै दुर्घटना हुनुको पछाडि निम्नकारणहरु रहेका छन ।
जनचेतनाकाे अभाव ,सीप सिक्न ताेकियकाे ठाउँ नहुनु ,सवारी साधनकाे उचित मर्मत नहुनु , मादक पदार्थ सेवन गरि सवारी चलाउनु ,तिब्रगतिमा सवारी चलाउनु र नियम कानुनकाे जानकारी नहुनु आदि रहेका छन ।
दुर्घटना न्यूनिकरणका उपायहरु
यातायातका सवारीसाधनहरु बाईक ,स्कूटर ,बस ,कार लगायत सबै सबारिहरुकाे लाईसेन्सका लागि स्थानिय निकायले अनिवार्य रुपमा १ महिनाकाे तयारी ट्याल कक्षा सञ्चालन गरिदिनुपर्दछ। यसका साथै एक हप्ताकाे काेर्ष निर्माणगरि सवारी साधन ,मानव जीवन, जगत र सामान्य लापरबाही ले निम्तिएका भयानक दुर्घटना ,मापसे ,सवारीकाे अवस्था आदिकाे बारेमा लिखित, माैखिक र जानकारी मुलक भिडियाे बनाई सबैलाई अनिवार्य एक हप्ता कम्तिमा दिनकाे ६-७ घण्टाकाे काेर्ष लियर मात्र लाईसेन्स दिने गर्नुपर्छ ।