रमेश कुमार यादब
बैशाख २२, रौतहट
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले नगरपालिका अन्तर्गतका सरसफाई कर्मीहरूलाई पालिका भरका फोहर व्यवस्थापनमा विशेष ध्यान दिने गरी निर्देशन दिएका छन्। नगरपालिकाले आयोजना गरेको सरसफाई अभियानको शुरुवातमा उनले यस्तो निर्देशन दिए । यस कार्यक्रममा बोल्दै, नगर प्रमुख जैसवालले नगरवासीहरुको स्वास्थ्य र सफाईलाई लक्षित गरी सरसफाई कार्यलाई प्राथमिकता दिनुपर्ने बताए। उनले फोहर व्यवस्थापनको काममा लापरवाही गर्ने सरसफाई कर्मीहरूमाथि कारबाही गरिने चेतावनी समेत दिए ।
नगर पालिका अन्तर्गत मुख्य बजार एरिया जयनगर, शिवनगर, झाझपुल, गरुडा, विर्ता, जिगंडीया ईत्यादी एरियाहरुमा सरसफाईको क्रममा वा सो विषयलाई लिएर यदि जन गुनासो आएमा सुईपर कर्मचारीहरुको पेशा जोखिममा रहने बताउनु भएको थियो ।
उनका अनुसार, सफा सहर नै स्वस्थ समाजको आधार हो। नगर प्रमुख जैसवालले समुदायको सहयोग र सरसफाईमा नागरिकको सक्रिय सहभागिता हुनुपर्ने पनि जोड दिए । उनले भने, “हरेक नागरिकले आफ्नो आसपासको वातावरणलाई सफा
राख्ने चेतना बिकास गर्नुपर्छ ।” यसैगरी, उनले प्लास्टिक प्रयोग कम गर्न र कचरा पुनः प्रयोग तथा रिसाइकल गर्न सबैलाई
प्रेरित गरे ।
सरसफाई अभियानको अवसरमा नगरपालिकाले विशेष गरी बजार क्षेत्र, सार्वजनिक स्थलहरू र सडकका किनाराहरूमा सफाईका लागि थप मानवश्रम र संसाधन व्यवस्थापन गर्ने कुरा पनि बताइयो । नगर प्रमुखको यस सुझावलाई , गरुडा नगरपालिकाका नागरिकहरूले पनि उत्साहपूर्वक अवदेखि आफ्नो वातावरणलाई स्वच्छ र स्वस्थ बनाउनमा योगदान पु¥याउने प्रतिबद्धता जनाएका छन् ।
यस नगरपालिकामा निरन्तर सफाई र व्यवस्थापनको प्रक्रियामा सुधार ल्याउने उद्देश्यले यो अभियानलाई अघि बढाइएको हो। उनले फोहरहरूको नियमित सफाईले नागरिकहरूको स्वास्थ्य कायम सुरक्षा गर्ने माध्यम हो भन्ने सन्देश पनि दिए। साथै, जैसवालले कर्मचारीहरूलाई समर्थन गर्नका लागि नगरपालिका द्वारा उपलब्ध वस्त्रो, सामग्री र आवश्यक साधनहरूको व्यवस्था गर्न आग्रह
गरेका थिए।