ओम प्रकाश यादव
कार्तिक २६ गते, रौतहट ।
छठ पर्व सकिएसँगै रौतहटका किसान धान काट्न शुरु गरेका छन । तिहार र छठ सकिएलग्त्तै जिल्लामा यस बर्षको वर्षे धान काट्न किसानलाई चटारो शुरु भएको छ ।
केही दिन अघि मात्र बेमौसमी वर्षाले पु¥याएको क्षतिसँगै खेतमा पाकेको धान काट्न किसान अहिले व्यस्त भएका छन् । जिल्लाको कटहरिया , माधवनारायण, गढिमाई, गरुडा, वृन्दावन, देवाही गोनाही लगाएतका नगरपलिकाका किसान अहिले धान भित्र्याउन व्यस्त छन् ।
आकाशे पानीको भरमा खेती गर्ने यहाँका किसान कात्तिक लागेसँगै यहाँ धान काट्ने चटारोमा व्यस्त भएका हुन् ।
यस वर्ष समयमै वर्षा भएकाले अन्य वर्षको तुल्नामा यसवर्ष केही अगाडि नै खेतमा धानबाली पाकेर तयार भएपछि यहाँका किसानहरु धान काट्न व्यस्त बनेका हुन् ।
यति वेला रौतहटको फत्तेपुर,मर्यादपुर , सिंगारमन धर्मपुर, समनपुर, पल्टुवा, माधोपुर, विरनगरा, गम्हरीया लगायतका ठाउँमा लटरम्म झुलेका घान काट्न यहाँ व्यस्त बनेको माधोपुरका रामज्ञान यादवले बताए ।
रौतहटमा एकातर्फ खेतमा पाकिसकेको धान काटन किसानलाई चटारो छ भने अर्कोतर्फ खेताला नपाउँदा धान काट्न समस्या भइरहेको छ । पहिला पहिला प्रयाप्त मात्रामा खेताला पाइन्थ्यो तर हिजोआज रोजगारीको सिलसिलामा युवाहरु विदेश प्लायन हुन थालेपछि अहिले गाउँ घरमा धान काट्ने खेतालाको अभाव भएको छ । खेतालाको अभावमा धान काट्न समस्या भएको १७ विघामा धानबाली लगाएका माधोपुरका विन्देश्वर यादवले बताउँछन ।
पहिला पहिला खेतबाट काटेर ल्याएको धान घरसम्म थन्काउन समेत मजदुर खोज्नु पथ्र्यो तर अहिले धान छाट्ने थ्रेसर मेसिन भित्रिएपछि धान थन्काउन मजदुर खोज्नुपर्ने बाध्याता हटेको किसान यादवले बताए ।
१५÷२० जना खेतालाले २ दिनसम्म धान छाट्ने यादवलाई अहिले भने २० मिनेटमै थ्रेसर मेसिनले धान थन्क्काउने बनाईदिन्छ ।
केही बर्षदेखि जिल्लामा गहुँ, धान, केराउ, मसुरो, चना छाट्ने थ्रेसर मेसिन भित्रिएपछि यादवजस्तै थुप्रै किसानहरुलाई एकातिर आधाभन्दा धेरै खेताला खोज्ने झन्झट टरेको छ भने अर्कोतिर धेरै सजिलो भएको किसानहरु बताउछन ।
धान थन्क्काउन २ देखि ३ दिनसम्म लाग्ने गरेकोमा मेसिन भित्रिएपछि किसानलाई मजदुर नपाउने समस्या अन्त्य हुनुका साथै समयको पनि धेरै बचत भएको छ ।
जिंगडियाका किसान रामबाबु दास भन्छन अहिले काटन मात्रै मजदुर खोज्नुपर्छ, छाट्ने थ्रेसर मेसिन प्रयोगले विटा उठाउन र घरभित्र राख्न मात्रै मान्छेको आवश्यकता पर्छ ।
बाँकी सबै काम मेसिनले नै गरिदिएपछि अहिले पैसा र समय दुबैको बचत भएको उनले बताए ।
थ्रेसर मेसिनका कारण अहिले यहाँका किसानहरुको दैनिकी समेत फेरिएको उनको भनाई छ ।
५, १० जना मानिसहरुलाई एक दिनभर लाग्ने धान थन्काउन थ्रेसर मेसिनको प्रयोगले २० मिनेटमै सकिने उनले बताए । थ्रेसर मेसिनको प्रयोगले धान, गहुँ लगाएत बाली लगाउन किसानहरुलाई धेरै सजिलो भएको देखिएको छ ।
थ्रेसर मेसिनको प्रयोगल पछिल्लो सयम मजदुर पाउने समस्याको अन्त्य भएको र अर्कोतिर समय र पैसा दुवैको वचत भएको गेनाहीका किसान चुनचुन साहले बताए ।
धेरै युवायुवतीहरु वैदेशिक रोजगारीका लागि खाडी मुलुक त कतिपय भारतीय सहर तथा देशभित्रै गएकाले गाउँमा कृषि मजदुरको अभाव भएको वेला कृषि क्षेत्रमा भित्रिएका प्रविधिले किसानलाई धेरै सजिलो भएको उनले बताए ।
पछिल्लो समय गाउँगाउँमा कृषि यन्त्रहरुको प्रयोगले खेतीपाती थन्काउनेदेखि खेतवारी जोत्न धेरै सजिलो हुने गरेको कृषि प्राविधिकहरुले बताएका छन ।
यसैविच जिल्लाका केही किसानहरुले असोजको दोस्रो हप्ताबाट नै अगौटे धानहरु काटेर तरकारी खेती पनि सुरु गरिसकेका छन । विषेशगरी अगौटे धान लगाउने कृषकहरुले धान कटानीसँगै व्यवसायिक तरकारीहरु उत्पादन गर्ने गर्दछन् । पछौटे धान लगाउने कृषकहरुले भने हिउँदे खाद्यान्न बालीहरु लगाउने गर्छन् ।
हिउँदे तरकारी अन्तर्गत काउली, बन्दा, टमाटर, भेडे खुर्सानी, आदि लगाउन कृषकहरुले सुरु गरेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।