उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरियो चैते छठ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र २१, शुक्रबार (११ महिना अघि)
  • ४ पटक पढिएको
उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरियो चैते छठ

रमेश कुमार यादब
चैत २२, रौतहट

रौतहट सहित मधेशका जिल्लाहरूमा चैते छठ पर्व सम्पन्न भएको छ। शुक्रबार विधिपूर्वक उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैते छठ पर्व सम्पन्न भएको हो। चार दिन सम्म मनाइने छठ पर्व अन्तर्गत बिहिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालु रातभर नदी तथा तलाउको घाटमा जाग्राम बसेका थिए।

उनीहरूले शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका हुन्। सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा छ । रौतहट सहित मधेशको जिल्लाहरुमा छठ पर्व कात्तिक तथा चैत महिनामा मनाउने परम्परा छ।

शुक्ल षष्ठीको साँझ अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिने विधान छ। सुर्यलाई अर्घ दिएलगतै छठघाट बाटै प्रसाद बितरण गरीन्छ भने ब्रतालु महिलाहरुले घरका छोरी बुहारी तथा आफु भन्दा कान्छा उमेरका महिला लाई आशिर्वाद स्वरुप लामो सिन्दुुर लगाउने चलने रहेको छ । जिल्लाको पश्चिमीभेग कटहरिया,फतुआ बिजयपुर, मौलापुर, देवाहीगोनाही, लगायत लालबकैया नदीको वारीपारी रहेका गाँउका मानिसहरु नदी किनारमा निर्माण गरेको मण्डप, निर्माणगरी छठपर्व मनाएका छन् ।

त्यसैगरी पुर्वीभेगका बागमती नदीको किनारमा र जिल्लाको अन्यभाग गौर, गरुडा, शिवनगर,चन्द्रपुर लगायतका स्थानका ब्रतालुहरु चाँदीनदी, तहारी, भकुआ, बरहवा ताल,लगायत पोखरी तथा जलायस किनारमा मंडप निर्माण गरेर चैती छठपर्व मनाएका छन् । छठपर्वको अवसरमा घर बाहिर जागिर,ब्यापार तथा अन्य काम बिषेशमा रहेका हरु आ–आफना घर आएर सपरिवार हर्षोउलासका साथ पर्व मनाएका छन् । बिगतमा मद्धेसी तथा हिन्दु समुदायले मात्र गर्दै आएको लोकपर्व छठ यस पटक पाहाडे मुलका महिलाका साथै मुश्लिम महिलाले पनि श्रद्धाभक्ती र बिधि पुर्वक मनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस