वर्तमानकाल सम्वाददाता
चैत २२, रौतहट
रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष र महासचिवको कार्यशैलीबाट असन्तुष्ट भएर रौतहटका व्यापारीहरुले समस्या समाधान नभएसम्म विशेष अधिवेशन वा साधारण सभा हुन नदिने भन्दै संघका कार्यालयमा अनिश्चितकालिन ताला लगाएका छन् । व्यापारीहरुको एक समुहले विगत एक महिना अघि देखि बन्द रहेका उद्योग वाणिज्य संघको कार्यालयमा लागेका ताला माथि ताला लगाएर अध्यक्ष र महासचिवलाई खवरदारी गर्दै कुनै पनि अवस्थामा समस्या समाधान नभएसम्म विशेष अधिवेशन वा
साधारण सभा नगर्न चेतावनी दिएका हुन् ।
संयुक्त हस्ताक्षर गरेर जारी गरिएका व्यापारीहरुको वत्तव्यमा अध्यक्ष र महासचिव दुबै जनाले रौतहट उद्योग वाणिज्य संघको कार्यालयमा ताला लगाएर समानान्तर कार्यालय घरबाटै संचालन गरी व्यापार संघको मूल्य एवं मान्यतालाई धज्जी उडाउने कार्य
गरियो । महासचिव रवीन्द्रनाथ गोपालीलाई साधारण सभा गराउन पुरानो सदस्यहरुको नविकरण गर्न अधिकार दिदा उनी घर घरमा गएर विधान विपरित नयाँ सदस्यताको रसिद काट्दै पदिय मर्यादा विपरित कार्य गरे ।
नयाँ सदस्यहरुको हकमा उद्योगको प्रमाण पत्र, पान नम्वर सहितका कागजातहरु राखेर संघको कार्यालयमा उपस्थित भई रितपूर्वक नयाँ सदस्यता लिने प्रावधान रहदा रहदै गोपाली आफू अध्यक्ष बन्ने कुत्सीत नियतबाट उक्त गैर कानुनी ढंगबाट सदस्यता वितरण अभियान संचालन गरेका विरुद्ध अदालती प्रक्रियामा गएको हुँदा हाम्रो अनुरोधलाई अध्यक्ष पंडित प्रसाद जयसवालले अदालतको प्रक्रिया अंतिम टुंगो लागेपछि मात्रै विशेष अधिवेशन हुने भन्दै स्थगित गरेको भोली पल्टै महासचिवले उक्त निर्णयलाई अस्वीकार्य गरेर नियमित एवं पूर्व निर्धारित मितिमै अधिवेशन हुने भनिएपछि बाध्य भएर रौतहट उद्योग वाणिज्य संघका गौर स्थित कार्यालयमा ताला लगाएको बताए ।
यदी महासचिवले भोली अधिवेशन गराउन खोज्यो भने त्यसबाट उत्पन्न हुने असहज परिस्थितिलाई नियन्त्रण गर्न सम्बध निकायको समेत ध्यानाकर्षण ति व्यापारीहरुले गराएका छन । अतः रौतहट उद्योग वाणिज्य संघ विशेष अधिवेशन एवं साधारण सभा गराउने निहुँमा भोली शनिवार रणभूमिमा परिणत हुने त होइन ? भने प्रश्न चिन्ह् खडा भएको छ । सम्बध निकायले पनि चासो दिएर व्यापारी विचको मतभिन्नतालाई अन्त्य गराई सौहार्दपूर्ण वातावारणको सृजना गराउन आवश्यक देखिन्छन्