पक्राउ परेका दासलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्रले जनाएको छ।

सिरहा, २९ चैत। सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ निवासी राजेश दास रहेका छन्।
नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सुखिपुरबाट सशस्त्र प्रहरी निरीक्षक (सई) यादव खत्रीको नेतृत्वमा खटिएको टोलीले चेक गर्ने क्रममा मोटरसाइकलमा सवार दासलाई नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा उनको साथबाट १९ केजी गाँजा फेला परेको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जानकारी दिएका छन्।
प्रहरीका अनुसार दाससँगै तस्करीमा प्रयोग गरिएको अटो रिक्सा, सोही मोटरसाइकल बिग्रिएको भन्दै टोच्न गर्ने मोटरसाइकल, नगद २५ हजार १०५ रुपैयाँ पनि बरामद गरिएको छ। साथै, एउटा रेडमी ए फाइभ मोबाइल र करिब ११ तोला बराबरको चाँदीको ब्रासलेट समेत फेला परेको छ ।
पक्राउ परेका दासलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्रले जनाएको छ।
