लेखा सभापतिमा खड्काको उम्मेदवारी, मनोनयन दर्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ३, बिहिबार (३ घण्टा अघि)
  • ८८ पटक पढिएको
लेखा सभापतिमा खड्काको उम्मेदवारी, मनोनयन दर्ता

काठमाडौं, ०३ वैशाख। नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् । आजै कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा खड्काले मनोनयन दर्ता गराएका छन् । आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ ।

प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ ।

उता विपक्षी दलहरूले पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस