
काठमाडौं, ०३ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय संसद्को संयुक्त सुनुवाइ समितिको सभापतिमा आफ्ना सांसद बोधनारायण श्रेष्ठलाई बनाउने निर्णय गरेको छ ।
रास्वपा संसदीय दलको बैठकले उनलाई सुनुवाइ समितिको सभापति बनाउने निर्णय गरेको हो ।
उनी धादिङ २ बाट निर्वाचित सांसद हुन् । संसदीय सुनुवाइ समितिमा १५ जना सदस्य हुन्छन् । यस समितिमा बहुमत रास्वपाको छ । त्यस्तै समितिमा ३ जना राष्ट्रिय सभाबाट रहेका छन् ।
