प्रेस स्वतन्त्रता रक्षा गर्नेमा सशंकित छौं : अध्यक्ष शर्मा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २०, आईतबार (२ दिन अघि)
  • ७० पटक पढिएको
प्रेस स्वतन्त्रता रक्षा गर्नेमा सशंकित छौं : अध्यक्ष शर्मा

काठमाडौं, २० वैशाख। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नेमा सशंकित रहेको बताएकी छन् ।

प्रेस स्वतन्त्र दिवसको अवसरमा शुभकामना संदेश जारी गर्दै अध्यक्ष शर्माले पछिल्लो समय प्रेससँग सम्बन्धित घटना बढेको उल्लेख गर्दै यो सरकारले संविधानमा रहेको प्रेस स्वतन्त्रताको रक्षा गर्नेमा महासंघ सशंकित रहेको बताएकी हुन् ।

अहिले रास्वपाको नेतृत्वमा सरकार बनेको छ । यो सरकारले पनि संविधानमा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाजनताको मौलिक हकको प्रत्याभूति र लोकतान्त्रिक संस्कृतिको सरक्षण गर्छ भन्नेमा महासंघ सशंकित छ‘, उनले भनेकी छन् ।

अध्यक्ष शर्माले हाल प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको बताउँदै मुलुकका विभिन्न पेसागत संगठन र नागरिक अगुवाहरूसँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि ऐक्यवद्धताको अपेक्षा रहेको बताइन् ।

महासंघ सञ्चार अनुगमन इकाका अनुसार ०८२ मा वर्ष १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गत वर्ष ७३ वटा यस्ता घटना भएका थिए । योभन्दा अघिल्लो वर्ष ६२ वटा थिए । तुलनात्मक पछिल्लो वर्ष यस्ता घटना बढेका छन् ।

यसका साथै पत्रकार तथा सञ्चार माध्यममा आक्रमणका ३० वटा घटना भएका छन् । पेशागत असुरक्षा १८ र कब्जा तथा अवरोधका २६ वटा घटना रहेका छन् । नीतिगत बन्देज ३ वटापत्रकार पक्राउ २ जना र १ जना पत्रकारको शंकास्पद मृत्यु भएको उनले उल्लेख गरिन् ।

जेनजी आन्दोलनका क्रममा सञ्चार माध्यम करोडौंको क्षति भएको र पाँच जना पत्रकार गोली लागेको उल्लेख गर्दै अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता झन् पेचिलो बन्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् ।

पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनतासञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावटपत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ ।

यसका साथैसञ्चार क्षेत्रको आर्थिक संकट समाधानपत्रकार पलायननिजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोकसामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाको प्रतिरक्षा गर्नु चुनौती रहेको उनले उल्लेख गरिन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस