बालेन शाह सरकारका मन्त्रीहरू किन बारम्बार विवादमा पर्दैछन् ?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ७, सोमबार (५ घण्टा अघि)
  • ७० पटक पढिएको
बालेन शाह सरकारका मन्त्रीहरू किन बारम्बार विवादमा पर्दैछन् ?

काठमाडौं, ०७ वैशाख। ‘जान्नेलाई छान्ने’ स्लोगन नै बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेकाहरू एकपछि अर्को विवादमा तानिन थालेका छन् ।

सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा तानिइसकेका हुन् । त्यसमध्ये एक जनाको पद गुमिसकेको छ भने अर्को एक जनालाई नसियतस्वरुप सचेत गराइएको छ ।

यसरी पद गुमाउनेमा तत्कालीन श्रममन्त्री दीपक साह छन् । रेडजेनमा अर्थात नसियत भोग्नेमा स्वास्थ्यमन्त्री निशा मेहता रहेकी छन् । यी दुई मन्त्रीको विवाद सेलाउन नपाउँदै अर्का शक्तिशाली मन्त्री सुधन गुरुङ विवादमा तानिन पुगेका छन् । त्यसो त फेवाताल जग्गा प्रकरणमा पनि गुरुङ विवादमा तानिएका थिए, तर उक्त प्रकरण त्यतिकै सेलाउन पुगेको थियो ।

सुधन गृहमन्त्री बनेलगत्तै हाइप्रोफाइल पक्राउ गरेर चर्चामा आएका थिए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्व गृहमन्त्री रमेश लेखक र धुरन्धर बिचौलिया दीपक भट्टसहितका प्रभावशाली व्यक्ति र नेताहरूलाई पक्राउ गरेका सुधन आफै भने उनै बिचौलिया भट्टको साझेदार कम्पनीमा सेयर होल्डर रहेको भेटिएपछि पुनः विवादमा मुछिएका हुन् । तर, गुरुङलाई यो प्रकरणमा फेवाताल प्रकरणजस्तै उम्कन सहज नहुने रास्वपाकै नेताहरू बताउँछन् ।

  • गुरुङ विवादमा तानिनुको कारण के हो ?

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्ट केही साता पहिला पक्राउ परेका थिए । तर उनै भट्टसँग गुरुङको कनेक्सन भेटिएको बाहिरिएपछि उनीमाथि नैतिकता र आर्थिक आचरणमाथि प्रश्न उठ्न पुगेको छ ।

त्यतिमात्रै होइन सुशासनको चर्को नारा दिने र समाजसेवीका रूपमा आफूलाई चिनाउन खोज्ने गुरुङ केही दिन पहिला प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा नै अस्वाभाविक सम्पत्ति देखिएपछि धेरैले प्रश्न गरेका थिए । तर आफूमाथि उठेको उक्त प्रश्नको समेत गुरुङले जवाफ दिन चाहेनन् । एकपछि अर्को प्रश्नबाट भाग्दै आएका गुरुङ बिचौलिया भट्टसँगको कनेक्सन सार्वजनिक भएका अन्य प्रकरण भन्दा महँगो पर्ने देखिएको छ ।

सार्वजनिक तथ्यहरूका अनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ मा भट्ट र सुलभ अग्रवालसँगै गुरुङको पनि साझेदारी रहेको देखिन्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस