विष्टले नेपाल कम्युनिष्ट पार्टी सँग २ बुँदे सहमतिपछि अनसन तोडे

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ७, सोमबार (२ घण्टा अघि)
  • ५७ पटक पढिएको
विष्टले नेपाल कम्युनिष्ट पार्टी सँग २ बुँदे सहमतिपछि अनसन तोडे

काठमाडौं, ०७ वैशाख। नेपाली कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमति भएपछि भुवन विष्टले अनसन तोडेका छन् ।

विष्ट यही वैशाख ४ गतेदेखि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अनसन बसेका थिए । उनले पार्टी कमिटीहरूमा ६० प्रतिशत युवा सहभागिता हुनुपर्ने लगायतका माग राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सचिव गणेशमान पुन र विष्टले हस्ताक्षर गरेको सहमति पत्रमा ‘पार्टी समितिमा ६० प्रतिशत युवा सहभागिता लगायतका मागहरूको सन्दर्भमा, निश्चित कार्यविधि निर्माण गरी आगामी महाधिवेशनमा ठोस गर्ने’ उल्लेख छ ।

दोस्रो बुँदामा अनसनरत विष्टले अनसन अन्त्य गर्ने विषय छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस