रौतहटमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १५, शुक्रबार (३ साल अघि)
  • २८ पटक पढिएको
रौतहटमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

पवन कुमार उपाध्याय

रौतहट, १५ पुस । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर ७ दोस्तीया पिपरियाका अन्दाजी ३० बर्षीय राम तिलक पटेलको माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रबार करिब ४ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो गाउँको तरहरि खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा पटेललाई करेन्ट लागेका थिए । करेन्ट लाग्दा गम्भिर अवस्था हुँदा उपचारको लागि गरुडा नगरपालिका–४ गरुडा स्थित रहेको हेल्थ ल्यान्ड होस्पिटल लगिएको थिए । आफन्तले उपचार गराउन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरिक्षक बरुण बहादुर सिंहले जानकारी दिएका थिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्लाको प्रादेशिक अस्पताल गौर लगिएको सिँहले जानकारी दिएका छ ।पोष्टमार्टपछि परिवारलाई जिम्मा लगाउने सिंहले बताउनु भयो । घटनाको बारेमा थप छानबिन भईरहेको प्रहरीले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस