वडाध्यक्ष कुट्ने ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र ८, शनिबार (१ साल अघि)
  • ३१ पटक पढिएको
वडाध्यक्ष कुट्ने ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

पर्सा, ०९ चैत । वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको हो ।

नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंधका उपाध्यक्ष एवं कान्तिपुर मिडिया ग्रुपका पत्रकार भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताविरुद्ध जाहेरी दर्ता भएको हो ।

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता भएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुष्टि गरे । उनीहरुलाई पक्राउ गरेर कारबाही अघि बढाउने एसपी मिश्रले बताए ।

उजुरी दर्ता भएकाहरुले गत फागुन २९ गते होलीको दिन पानीट्याङ्कीस्थित डायमन्ड पार्टी प्यालेसमा निमन्त्रणा मान्न गएका वीरगंज महानगरपालिका– २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई निर्घाट कुटेका गरेका थिए । तर वडा अध्यक्ष चतुर्वेदीका अनुसार प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो ।

वडाध्यक्षमाथि प्रहरी र पत्रकार अन्य व्यक्तिहरु मिलेर निर्घात कुटपिट गरेको सिसिटिभि फुटेजसहित बिहीबार एका एक समाचार आएपछि अहिले पर्सा प्रहरीले जाहेरी दर्ता गरेको छ भने थप अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस