वर्तमानकाल सम्वाददाता
बैशाख १२, रौतहट
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको करुनीया गाउँमा मंगलवार आगलागि हुँदा सात घर जलेर नष्ट भएका छन् ।
देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनीया गाउँमा विद्युत सर्ट भई आगलागि हुँदा सात जनाको घर पूर्ण रुपमा जलेर नष्ट भएका हुन् । दिउसो ३.२० बजेदेखि सल्किएको आगो करिब ढेड घण्टापछि लागोलाई नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपाल गण ११ हेडक्वाटर रौतहटले जानकारी दिएको छ ।
आगलागि भएको खवर पाउना साथ देवाही गोनाही सुरक्षा वेसबाट र इलका प्रहरी कार्यालय देवाहीबाट खटिएका सुरक्षाकर्मीहरु, स्थानीय बासिन्दाहरु तथा गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको मद्दत करिव डेढ घण्टामा आगोलाई निभाउन सकिएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले बताए ।
साबिर हुसेन, नजारुल अन्सारी, अन्सारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोभराती अन्सार, अलिशेर अन्सार सहितका सात वटै घरमा रहेका अन्न, लत्ताकपडा, भाडा वर्तन, नगद सहितका सामानहरु जलेर पूर्ण रुपमा नष्ट हुँदा करिव १६ लाख ९१ हजार मूल्य बराबरको भौतिक सम्पति क्षति तथा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएका छन ।