वर्तमानकाल सम्वाददाता
बैशाख १२ गते ।
रौतहटमा फलामे छड लोड भएको ट्रेक्टर दुर्घटना हुँदा दुई जना घाईते भएका छन । जिल्लाको राजपुर नगरपालिकाको फतुहा महेशपुरमा हुलाकी राजमार्गमा फलामे छड लोड भएको ट्रेक्टर मंगलवार दिउसो पल्टिदा चालक सहित दुई जना घाइते भएका छन् ।पूर्वबाट पश्चिम तर्फ गईरहेका प्र २ –०३ ००१ त ३८९ नम्बरको फलामे छड लोड गरेको टे«क्टर राजपुर नपा २ फतुहा महेशपुर स्थित हुलाकी सडकमा अनियन्त्रित भई मंगलबार दिउसो ३.४५ बजेको समयमा सडकको बाँया तर्फ खेतमा पल्टिएर सो दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल गण ११ रौतहटले जनाएका हुन् ।
दुर्घटनामा परेर दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी पर्सा टोलका ३० बर्षिय विश्वनाथ पंडितको निधार र हात खुट्टामा सामान्य चोट लागेको छ भने सोही स्थानका ३५ बर्षिय चालक मुकेश पंडित ट्रेक्टर भित्र च्यापिएको हुँदा तत्काले राजपुर नपाको जेसेभी मेशिनको मद्दतबाट उद्धार गरेर उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
ट्रेक्टरमा च्यापिएको अवस्थामा तत्कालै सशस्त्र वेश क्याम्प फतुवा र इप्रका राजपुरबाट खटिएका सुरक्षाकर्मीहरुले जेसेभीको मद्दतबाट उद्धार गर्दा पंडितको दुबै हात भाँचिएर गम्भीर घाईते भएकालाई अस्पताल पठाइएको प्रहरीले
जानकारी दिएका छन ।