भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन पुगे गान्धीको समाधिस्थल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ८, सोमबार (४ घण्टा अघि)
  • २९ पटक पढिएको
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन पुगे गान्धीको समाधिस्थल

काठमाडौं,०७ मंसिर।  भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सो क्रममा शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

उनले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धतासमेत व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस