वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुण १८ गते
प्रदेश २ को सरकारले अन्य जिल्ला सहित रौतहटमा पनि जनता आवास कार्यक्रम सञ्चालन गरेको छ । यसै क्रममा आज कटहरिया नगरपालिकाको वडा नम्बर २ जमुनिया टोलमा ८ वटा पक्की घर को शिलान्यास प्रदेश सांसद एवम् जनता आवास कार्यक्रम रौतहटका संयोजक बाबुलाल साह र सो वडाका वडाध्यक्ष हरिन्द्र साहले संयुक्त रुपमा शिलान्यास गरेको थिए । त्यस्तै कटहरिया नगरपालिकाको वडा नम्बर ३ बडेडवा टोलमा १० वटा घर निमार्णको लागि विधायक साह र वडाध्यक्ष उमेश यादवले गरेका थिए । यस अवसरमा जसपा नेता केदार साह,दुखा साह,खेना राय यादव सहित दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो । जसपा नेता रामप्रवेश दासको पहलमा सो ठाउँमा भवन निर्माण हुन लागेको हो । त्यस्तै देवाही गोनाही नगरपालिकाको वडा नम्बर ६ कर्कच टोलमा पनि २२ वटा घर निमार्णको लागि विधायक साह ,मेयर धर्मेन्द्र पटेल, वडाध्यक्ष अनिल झाले संयुक्त रुपमा गरेको जसपा नेता विष्णु दासले जानकारी गराउनु भएको हो ।
प्रदेश सरकारले रौतहटमा जनता आवास कार्यक्रम अन्तर्गत अति दलित समुदायको पक्की घर निर्माण कार्य शुरु गरेको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा डोम, मुसहर, मेस्तर र हलखोर गरी यी चार जातिको पक्की घर बन्न लागेको हो ।
फुसको छानाबाट पक्की घर बन्न लाग्दा रौतहटका दलित समुदायहरु खुसी भएका छन् ।
गरिविका कारण डोम, मुसहर, मेस्तर र हलखोर जाती वर्षोदेखी फुसकै घरमा गुजारा चलाउँदै आएका छन तर प्रदेश सरकारले पक्की घर बनाउन लाग्दा उनिहरु अब पक्की घरमा बस्न पाउँने भन्दै निकै खुसी भएका छन ।
जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा १२ सय ५० जना दलित परिवारको पक्की घर निर्माण हुन लागेको छ ।
जिल्लाको क्षेत्र नं १ र २ मा २,२ सय, क्षेत्र नं ३ मा ३ सय ५० र क्षेत्र नं ४ मा २ सय ५० जनाको घर बन्न लागेको रौतहटका प्रदेश सांसद एवं जनता आवास कार्यक्रमका रौतहट संयोजक बाबुलाल साह कानुले बताउनुभएको छ ।
तिन लाख ५० हजारको लागतमा प्रति घर बन्न लागेको जनता आवास कार्यक्रमका संयोजक साहले बताउनुभयो ।
‘जनता अवास कार्यक्रम’ दलित, विपन्न परिवार, सीमान्तकृत समुदायलाई लक्षित गरी आर्थिक वर्ष ०६६र६७ बाट लागु गरिएको योजना हो । २०६६, ६७ सालबाट नै जनता आवास कार्यक्रम लागु भएपनि प्रदेश २ मा यस वर्षदेखी मात्रै लागु भइ सञ्चालन भएको हो ।
प्रदेश सरकारको भौतिक विकास मन्त्रालय अन्तर्गत यो कार्यक्रम सञ्चालन अवस्थामा रहेको छ ।
क्रमशः एकल महिला, चमार, राम, पासवान र शहीद परिवारको समेत घर निर्माण गर्नुपर्ने भएपनि प्रथम चरणमा सामाजिक र आर्थिक रुपमा पछि परेका डोम, मुसहर, मेस्तर र हलखोर गरी यी चारै जातिको घर निर्माण सकिएपछि मात्रै अन्य समुदायको घर बनाउने तर्फ लाग्ने भौतिक विकास मन्त्री सोनलले बताउनुभयो ।