सखुआवा धमौरा स्वास्थ्य चौकीमा नगर प्रमुख कुर्मिद्धारा बर्थिङ सेन्टर उद्धघाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक ३, शनिबार (१ साल अघि)
  • ४ पटक पढिएको
सखुआवा धमौरा स्वास्थ्य चौकीमा नगर प्रमुख कुर्मिद्धारा बर्थिङ सेन्टर उद्धघाटन

रमेश कुमार यादब
कार्तिक ०२, रौतहट

सखुआवा धमौरामा संचालित स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको पनि शुक्रबार औपचारिक रुपमा उद्धघाटन भएको छ । रौतहट जिल्लाको बृन्दावन नगरपालिका, जसको नेतृत्व नगर प्रमुख बिनोद प्रसाद कुर्मीले गरिरहेका छन्, स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार गर्दै आईरहनु भएका छन । नगर प्रमुख कुर्मीले आफ्नो चुनावी बाचालाई पूरा गर्दै जनताका लागि आवश्यक स्वास्थ्य सुविधाहरू प्रदान गर्ने दिशामा ठूलो प्रगति गरिरहेका छन् । स्वास्थ्य क्षेत्रमा उनको काम व्यापक रूपमा सराहना गरिएको छ, जसले नगरलाई स्वास्थ्य क्षेत्रमा थप सशक्त बनाउने दिशामा अग्रसर गरेको छ ।

बिपक्षीहरुको विरोध र बाधा (अवरोधको सामना गर्दै पनि कुर्मीले जनताको सेवा गर्न कुनै कसर बाँकी राखेका छैनन् ।
शुक्रबार बृन्दावन नगरपालिका वार्ड नं. ७ सखुआवा धमौरा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको छ, जसको उद्घाटन नगर प्रमुख कुर्मीले एक भव्य समारोहबीच गर्नुभयो । यो बर्थिङ्ग सेन्टर स्थानीय प्रसूति महिलाहरूका लागि एक अत्यन्तै महत्वपूर्ण सुविधा बनेको छ । यो सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका महिलाहरूलाई प्रसवका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ, जसले उनीहरुको जीवनलाई सहज बनाएको छ ।।

स्थानीयहरूले नगर प्रमुखलाई यस कदमका लागि धन्यवाद दिएका छन्, किनकि यसले महिला स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । नगर प्रमुख कुर्मीले उद्घाटनको अवसरमा सम्बोधन गर्दै बर्थिङ्ग सेन्टरले प्रसूति महिलाहरूको सेवामा सुधार ल्याउने र उनीहरूको स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउने बताएका थिए । उनले भविष्यमा यस्ता अन्य स्वास्थ्य परियोजनाहरूलाई पनि अघि बढाइने प्रतिबद्धता पनि जनाए ।

सोहि कार्यक्रमको सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर भुजेलले भने नगर प्रमुख कुर्मिको तिन बर्षमा गरेको काम देखेर बिपक्षीहरु अतालिएर बिभिन्न बाधा अवरोध गर्न थालेका छन । बिगतका जनप्रतिनिधिहरुले जनताहरुको हकहितको लागी कुनै पनि ठोस काम गरेको देखिदैंन र पाँचको अवधिमा नगरेको काम हालको नगर प्रमुख कुर्मि तिन सालमै गरेर देखाई दिएको र जनताहरुबाट पनि माया, स्नेह बटुल्न थालेको कुरा अधिकृत भुजेलले खुलेर प्रशंशा गर्नु भएको थियो ।

त्यसतै सोहि कार्यक्रममा वडाअध्यक्ष जग्रनाथ प्रसाद भेडिहरले यो बर्थिङ्ग सेन्टरले यस वार्डका गर्भवति महिलाहरुको लागी रामवान साबित हुने भएको छ । ‘यसले बालमृत्यु दर घटाउन मद्दत गर्छ,’ उनले भने । खास गरेर यसले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताए । यस भन्दा अझै ठुलो ठुलो योजना रहेको जसले नगरबासि र जनताहरुको हकहितको रहेको बताए ।

यसअघि पनि नगर प्रमुख कुर्मीले रमौलीमा स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर त्यहाँको जनतालाई स्वास्थ्य सेवामा थप सुविधा पु¥याएका थिए। बृन्दावन नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर सुधार गर्दै जनताको हितमा काम गरिरहेको छ, र यसले जनताको जीवनस्तरमा महत्वपूर्ण परिवर्तन ल्याइरहेको छ ।


नगर प्रमुख बिनोद प्रसाद कुर्मीको नेतृत्वमा बृन्दावन नगरपालिका स्वास्थ्य र विकासका क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ। जनताको समर्थन र सहकार्यले नगरपालिकाले आगामी दिनहरूमा थप उपलब्धिहरू हासिल गर्ने अपेक्षा गरिएको छ । बर्थिङ्ग सेन्टर कार्यक्रममा बृन्दावन नगरपालिकाको वार्ड नं.९ का वडाअध्यक्ष प्रबेज आलम, जिन्सि शाखा प्रमुख रास
नरायण पटेल लगायत स्थानिय भद्रभलादमि मानिसहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस