रमेश कुमार यादब
कार्तिक ०२, रौतहट
सखुआवा धमौरामा संचालित स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको पनि शुक्रबार औपचारिक रुपमा उद्धघाटन भएको छ । रौतहट जिल्लाको बृन्दावन नगरपालिका, जसको नेतृत्व नगर प्रमुख बिनोद प्रसाद कुर्मीले गरिरहेका छन्, स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार गर्दै आईरहनु भएका छन । नगर प्रमुख कुर्मीले आफ्नो चुनावी बाचालाई पूरा गर्दै जनताका लागि आवश्यक स्वास्थ्य सुविधाहरू प्रदान गर्ने दिशामा ठूलो प्रगति गरिरहेका छन् । स्वास्थ्य क्षेत्रमा उनको काम व्यापक रूपमा सराहना गरिएको छ, जसले नगरलाई स्वास्थ्य क्षेत्रमा थप सशक्त बनाउने दिशामा अग्रसर गरेको छ ।
बिपक्षीहरुको विरोध र बाधा (अवरोधको सामना गर्दै पनि कुर्मीले जनताको सेवा गर्न कुनै कसर बाँकी राखेका छैनन् ।
शुक्रबार बृन्दावन नगरपालिका वार्ड नं. ७ सखुआवा धमौरा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको छ, जसको उद्घाटन नगर प्रमुख कुर्मीले एक भव्य समारोहबीच गर्नुभयो । यो बर्थिङ्ग सेन्टर स्थानीय प्रसूति महिलाहरूका लागि एक अत्यन्तै महत्वपूर्ण सुविधा बनेको छ । यो सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका महिलाहरूलाई प्रसवका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ, जसले उनीहरुको जीवनलाई सहज बनाएको छ ।।
स्थानीयहरूले नगर प्रमुखलाई यस कदमका लागि धन्यवाद दिएका छन्, किनकि यसले महिला स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । नगर प्रमुख कुर्मीले उद्घाटनको अवसरमा सम्बोधन गर्दै बर्थिङ्ग सेन्टरले प्रसूति महिलाहरूको सेवामा सुधार ल्याउने र उनीहरूको स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउने बताएका थिए । उनले भविष्यमा यस्ता अन्य स्वास्थ्य परियोजनाहरूलाई पनि अघि बढाइने प्रतिबद्धता पनि जनाए ।
सोहि कार्यक्रमको सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर भुजेलले भने नगर प्रमुख कुर्मिको तिन बर्षमा गरेको काम देखेर बिपक्षीहरु अतालिएर बिभिन्न बाधा अवरोध गर्न थालेका छन । बिगतका जनप्रतिनिधिहरुले जनताहरुको हकहितको लागी कुनै पनि ठोस काम गरेको देखिदैंन र पाँचको अवधिमा नगरेको काम हालको नगर प्रमुख कुर्मि तिन सालमै गरेर देखाई दिएको र जनताहरुबाट पनि माया, स्नेह बटुल्न थालेको कुरा अधिकृत भुजेलले खुलेर प्रशंशा गर्नु भएको थियो ।
त्यसतै सोहि कार्यक्रममा वडाअध्यक्ष जग्रनाथ प्रसाद भेडिहरले यो बर्थिङ्ग सेन्टरले यस वार्डका गर्भवति महिलाहरुको लागी रामवान साबित हुने भएको छ । ‘यसले बालमृत्यु दर घटाउन मद्दत गर्छ,’ उनले भने । खास गरेर यसले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताए । यस भन्दा अझै ठुलो ठुलो योजना रहेको जसले नगरबासि र जनताहरुको हकहितको रहेको बताए ।
यसअघि पनि नगर प्रमुख कुर्मीले रमौलीमा स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर त्यहाँको जनतालाई स्वास्थ्य सेवामा थप सुविधा पु¥याएका थिए। बृन्दावन नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर सुधार गर्दै जनताको हितमा काम गरिरहेको छ, र यसले जनताको जीवनस्तरमा महत्वपूर्ण परिवर्तन ल्याइरहेको छ ।
नगर प्रमुख बिनोद प्रसाद कुर्मीको नेतृत्वमा बृन्दावन नगरपालिका स्वास्थ्य र विकासका क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ। जनताको समर्थन र सहकार्यले नगरपालिकाले आगामी दिनहरूमा थप उपलब्धिहरू हासिल गर्ने अपेक्षा गरिएको छ । बर्थिङ्ग सेन्टर कार्यक्रममा बृन्दावन नगरपालिकाको वार्ड नं.९ का वडाअध्यक्ष प्रबेज आलम, जिन्सि शाखा प्रमुख रास
नरायण पटेल लगायत स्थानिय भद्रभलादमि मानिसहरुको सहभागिता रहेको थियो ।