रौतहट । फाल्गुन १९ गते
बोलिसक्दा ’ भाइरल ’ बनिने अहिलेको समयमा हातमा माइक समातेर हाउभाउ सहित नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तलेमहिला नेतृहरु पिंडुला देखाएर पदमा पुग्न सफल भएको भन्ने अभिव्यक्ति दिए । उक्त अभिव्यक्ति राष्ट्रिय सभा सदस्य कोमलवलीलाई लक्षित गरिएको थियो ।
बीबीसीको १०० जना प्रतिभाशाली महिलाको सूचीमा परेकी सपना रोका मगर बिनयजंग बस्नेतसँगै मिलेर बेवारिसेशव जलाउने काम गर्थिन । प्रतिभाशाली महिलाको सूचीमा परेपछि सपनाको कामको सर्वत्र प्रशंसा र चर्चा हुन थाल्यो । सुरुवातमाबाबु छोरी जस्तै सम्बन्ध भएको बताउने सपना र बस्नेतबीच पछिल्लो समय भने तिक्तता आएको रहेछ । बस्नेतले एक युट्युब च्यानलमाअन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिए । जसका कारणअहिले बस्नेत थुना सम्म पुगे ।
आशालाग्दी युवा नेतृ रामकुमारी झाँक्रीले गोरखामा नेकपाले आयोजना गरेको एक सभा सम्बोधनका क्रममा राष्ट्रपतिलाईलक्षित गर्दै भनेकी थिइन , ’बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु, शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ, चाबहिल हो किबानेश्वर कता घर छ ? त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ । ’
बुध्दिजीवी मानिएका पाका नेता रघुजी पन्तसँग कोमल वलीलाई आलोचना गर्न शब्दहरुको खडेरी परेकै हो त ? किन यति छुद्रोभाषामा टिप्पणी गरे ? सपना मेरी छोरीजस्तै हो भन्ने बिनयजंगलाई किन असह्य भयो सपनाको सफलता ? अचानक त्यति निच व्यवहारदेखाउन कुन सोचले अभिप्रेरित गर्यो । रामकुमारी झाँक्रीसँग मात्र होइन हामी सबैसँग राष्ट्रपति समक्ष बताउन असङ्ख्य असन्तुष्टी छन ।तर के ती असन्तुष्टीहरु व्यक्त गर्नलाई सभ्य भाषा नभएकै हो त ! यो ’बालकोट नै गए हुन्छ ’ को अर्थ के हुन्छ ! कुन सोचको जगकाकारण महिलाका मुखबाट निस्कन्छन महिलाका लागि यस्ता शब्द ?
पाका भनिएका नेता रघुजी पन्त , बेवारिसे शव व्यवस्थापन गर्दै आएका समाजसेवी ट्याग भिरेका बिनयजंग बस्नेत , चर्चित नेतृरामकुमारी झाँक्रीको ’बालकोट ’वाला उवाच या “ट्याउँट्याउँ नगर“ भन्ने हाम्रा आदरणीय “राजनेता“ यी मात्र व्यक्ति होइनन , हाम्रोसामाजिक व्यवस्थाद्वारा उत्पादित प्रवृत्ति हुन । मनभरी म पुरुष हुँ भन्ने अहम बोकेका , पुरुष अहमलाई आत्मसाथ गरेका र महिलाहरुफगत वस्तु मात्र हुन , उपभोग्या हुन भन्ने पितृसत्तात्मक मानसिकताबाट ग्रसित यस्ता पात्र र प्रवृत्ति देशभित्र या देशबाहिर जहाँतहीँ छन ।
सोही प्रवृत्तिको उपज हो रघुजी पन्तको अभिव्यक्ति । हामी हुर्किरहेको समाजको महिलाप्रतिको सामाजिक चेत नै यही हो । हाम्रोसमाजका सक्रिय महिलाहरुले कहीँ न कहीं यस्ता प्रश्नहरुको सामना गरिरहेकै छन । यसकारण पनि
पन्तको अभिव्यक्ति कोमल वलीको मात्र आत्मसम्मान विरुद्ध होइन यो त हरेक क्षेत्रमा सक्रिय महिलाहरुको अपमान हो ।राजनीतिमा रहेका महिला प्रतिको निकृष्ट अभिव्यक्ति हो । उनले आफ्नो नाङ्गो सोचको लज्जालाई दोहोरो तराजुमा राखेर प्रतिस्थापितगर्ने प्रयास गरेका हुन । एकातिर लामो बलिदानी र योगदान भएका महिलाहरुलाई अवसर नदिएको भन्दै सद्भाव देखाउने प्रयास पनिगर्दछन र अर्कातिर यसो गरिरहँदा बिर्सन्छन नेताका परिवारका सदस्य बाहेक अरु महिलाहरुले किन अवसर पाएनन ? अवसर पाउनेहरुकिन पटक पटक कुनै न कुनै बाहनामा लान्छित भैरहेका छन ? गरिएका छन ?
झट्ट सुन्दा सोचको भित्री नियत र आवरणमा फरक देखिएपनि समग्रमा सम्पूर्ण महिलाको तेजोबध गर्ने मनोविज्ञानलेग्रसित सोचको उपज हुन यस्ता अभिव्यक्ति । आज पनि अर्को तप्काले रघुजी पन्तको भनाई गलत तर धारणा सही भएको भन्दै मूलसोचलाई पृष्ठपोषण गरिरहेको देखिन्छ !
उदेक लाग्दो कुरा त यिनीहरु नै हुन जसले सबैभन्दा बढी महिला शसक्तिकरणको कुरा गर्छन । समताको कुरा गर्छन ।समावेशीको कुरा गर्छन । जबजब राजनीति नामको व्यवसायमा आफू घाटामा हुन्छन तबतब आफ्नै वरिपरिका महिलाहरु माथी अझमहिलाको चरित्र माथी यसैगरी प्रश्न उठाउँछ्न । आफूलाई बलवान ठान्छन । र हामी बबुरा जनता पटक पटक यिनै पात्र र प्रवृत्तिलाई मतदान दिएर विजयी बनाएर पठाउँछौ । अनि नविन परिवर्तनको दिवास्वप्न सजाइबस्छौँ ।
सोचौँ त ! यस्तो नेतृत्वबाट कस्तो परिवर्तनको अपेक्षा गर्छौं हामी ? समाजको संरचनाको मुलभूत सोच , समिकरण रमनोविज्ञानमा आधारभूत परिवर्तन पनि नभएको यो अवस्थामा हामीले अपेक्षा गर्दैगरेको अग्रगमनको पथ चाहीँ कुन दिशा भएर अगाडिबढ्छ ?
डार्विनको क्रमविकाशको सिद्धान्त या अन्य कुनै परिस्थिति र परिवर्तनबाट आजको यो समयसम्म आइपुग्दा पनि मानवजातीकोसोचको मियो हल्लिएको छैन । समाज र राष्ट्र्को डाडु पन्युमा कब्जा गरेर हालीमुहाली गरिरहेको वर्ग जाति वा समूह आफ्नो स्वार्थकोरक्षार्थ विभिन्न कोणबाट आफू र आफ्नो वर्चश्वलाई स्थापित गराई राख्न औसत र तटस्थ मानिसहरुको बहुल पक्षलाई भ्रमित पार्नसफल भैरहेका थिए र छन । भ्रमको खेतीमा सबैभन्दा सहज बनेको छ महिलाहरुको चरित्र माथी औँला उठाउन । एकछिनको वाहवाहीबटुल्न र आफू चर्चामा आइरहन चाहनेहरुको पंक्तिले पटकपटक खुलेआम महिलाका बारेमा यसैगरी अनेक कुण्ठा ओकलिरहेका छन।
चरित्रमै प्रश्न उठाइनु महिलाको निम्ति हरेक क्षेत्र असहज र असुरक्षित बनाउदै जानु हो । महिलालाई फगत शरीरधारी बस्तुमात्रै देख्नु हो । महिला शरीरमा निहित अंगहरु मात्र देख्नु हो । महिलाको सक्षमता र बुद्दिमतालाई नकार्नु हो । अँ ! यो लेख्दै गर्दा एउटानोटिफिकेशन देखापरेको छ । जसको शीर्षकमा लेखिएको छ ’रघुजी पन्तले कोमल वलीलाई भने– सरी !
महोदय मलाई यत्ति भन्नु छ – मनभरी स्त्रीदेषी मानसिकता बोकेपछि बोली चिप्लीरहन्छ । यसर्थ बोलीमा नचिप्लिन पहिलासोचलाई सफा बनाऊ । स्त्रीद्वेषी मानसिकताको लेउ लागेको सोचलाई यसरी सफा गर कि फेरी सरी भन्नु नपरोस ।