रमेश कुमार यादब
असोज २७, रौतहट
हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । गरुडा नगरपालिकाको वडा नं. ४ स्थित मेथुर चौधरी सार्वजनिक धर्मशालामा हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सभ्य एवम् भब्यताका साथ सम्पन्न भएको छ । हरेन्द्र प्रसाद जैसवालको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारको माननिय बिना देवी साह रहनु भएको थियो भने कार्यक्रमलाई संस्थाको महासचिव नागेन्द्र चौरसियाले संन्चालन गर्नु भएको थियो ।
कार्यक्रमलाई राष्ट्रि«य गानबाट सुरु गर्नुको साथै ज्ञातअज्ञात मानिसहरुको सम्झना गदैैै एक मिन्ट मौन धारण समेत गर्नु भएको थियो ।कार्यक्रमको संम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकारकी माननिय बिना देवी साहले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीहरुलाई आह्वान गर्दै, सहकारी संस्थाहरूले नया सहकारी नियमावली अनुसार व्याज दर निर्धारण गर्नुपर्नेमा जोड दिइन् । उनले सहकारी क्षेत्रले आर्जन गरेको सफलता प्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा सञ्चालक, शेयर सदस्य तथा कर्मचारीहरूलाई समेटेर सहकारीलाई अझ प्रगति गर्ने दिशामा लैजानुपर्ने आवश्यकतामा बल दिइन् ।
त्यति मात्र नभएर उनले आफ्नो मन्तव्यको क्रममा सहकारीले गरेका प्रगतिहरू, सदस्यहरूको हितमा चालेका कदमहरू, आगामी योजनाहरू तथा चुनौतीहरूको बारेमा चर्चा गर्नु भएकी थिईन् । कार्यक्रममा अतिथिहरूले सहकारीको महत्व, यसको आर्थिक र सामाजिक योगदान, र यसले समुदायमा पुर्याउँदै आएको सेवाहरूको प्रशंसा गरेका थिए । प्रमुख अतिथि बिना देवी साहले सहकारीको प्रगतिको सराहना गर्दै, आर्थिक सशक्तिकरणमा सहकारीहरूको भूमिका अझै प्रभावकारी बनाउन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै नेपाल सुन चाँदी ब्यवसाय संघ मधेश प्रदेशको अध्यक्ष रामजि साह सोनारले यो संस्था एक जनाको मात्र नभएर सबै जनाको संस्था हो यसलाई अझै चलायामान बनाउन सबै जनालाई एकता भई आ–आफ्नो ठाउँबाट मदत र सहयोग गर्न हार्दिक अपिल समेत गर्नु भएको थियो । यो संस्था गरब दिन दुखिहरुको आपत बिपत परेको बेला सबैलाई कर्जा प्रवाह गरि जिवनलाई चलायामान बनाउ एकदम सहराहनिय कदम खेलेको अवगत गराउनु भएको थियो । मानिसको जिवन एक अत्यन्त सम्बेदन शिल कुरा हो यसमा रकम जम्मा गर्न आग्रह समेत गर्नु भएका थिए ।
त्यति मात्र नभएर एक–एक रुपैया जम्मा गरि आउदो समयमा मोटो रकम निकाल्नमा सहयोग मिल्ने एक राम्रो पद्धति भएको बताएका थिए । कार्यक्रममा गरुडा नगरपालिकाको मेयर प्रत्याशि बृजकिशोर यादब, संस्थाको पुर्वअधयक्ष राम भरोस राय यादब, राम कृष्ण चौधरी, शिक्षा मन्त्रालयको पुर्व सचिव रामप्रबेश यादब, बिधायक प्रत्याशि संन्तोष साह, लक्ष्मण साह लगायत दर्जनौ वक्ताहरुले आ–आफ्नो सान्दर्भिक मन्तख्य राख्नु भएका थिए । सभामा उपस्थित विभिन्न व्यक्तित्वहरूले सहकारीले हासिल गरेको वित्तीय प्रगति र भविष्यमुखी योजना बारे चर्चा गरेका थिए।
यसै सन्दर्भमा, सभाले आगामी दिनमा संस्थाको गतिविधिहरूलाई थप विस्तार गर्दै सदस्यहरूको आर्थिक उन्नयनमा सहयोग पु¥याउने प्रतिबद्धता जनायो। उक्त सभामा सहकारीले प्रस्ताव गरेको १३ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो । आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्मको संस्थाको लेखापरिक्षण प्रतिवेदनलाई समेत सर्वसम्मतिले पारित गरेको सभाले सहकारीको वित्तीय गतिविधिहरूलाई पारदर्शिता र विश्वसनीयतामा अघि बढाउन आग्रह गरेको छ।
सहकारीका अध्यक्षले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले आगामी वर्षमा सदस्यहरूको हितका लागि विभिन्न नयाँ योजना लागू गर्ने योजना सार्वजनिक गरेका थिए । कार्यक्रमको समापनमा सहभागीहरूलाई धन्यवाद दिंदै, आगामी दिनहरूमा सहकारीको सफलतालाई निरन्तरता दिने प्रण गरिएको थियो ।