फाल्गुन २६ गते
मदिरालाई कुनै खाडलमा डिस्पोज गरिरहेका दृश्य समाचारमा देखेपछि ध्यान तानियो । हुन त घरेलु मदिरा नस्ट गरिएका यस्तासमाचार बारबार आइरहन्छन । तर त्यो बगाइरहेको मदिराले मेरो मष्तिष्कलाई घच्घचाइरह्यो । यस्तो लागिरह्यो त्यो मदिरासँगै नष्ट भयोहोला कुनै गरिब परिवारको दुई छाकको जोहो ,केटाकेटीको न्यानो किन्ने सपना, विद्यालयमा तिर्नुपर्ने शुल्क या यस्तै यस्तै हुँदाखानेहरुका साना साना सपना ।
मदिरासँग सानैदेखी अलिअलि परिचितनै छु । भारतीय र बेलायती सैनिक दाजुहरुले , काकाहरुले आफन्तहरुले बिदामा आउँदाल्याएका रहरलाग्दा रमका बोतलहरु खाली भएपछी हाम्रो भागमा पर्थे तर हामीलाई कहिल्यै थाहा लाग्दैनथ्यो बोतल क कसले कसरीखाली गरे ।
अझ मामाघरमा त खोइलाको बिर्को लगाएको बोतल कागजमा बेरेर झोलामा राखिदिनुहुन्थ्यो जिमाले । सेवानिवृत भारतीयसैनिक जिबालाई सिजलगाउँबाट खान्दुला पुगेर गोठमा बोतल दिएपछि जिबाले जर्किनभरी भैँसिको दूध अनि निगुरो र टुसा झोलामाराखिदिनुहुन्थ्यो । खान्दुलादेखी रुइसेँको डिल तारा खस्ने डाँडो हुँदै सिजलगाउँ आइपुगिन्थ्यो । म पुग्दा मलाई त्यस्तो कुनैदिन याद छैनबोतल गोठमा नपुगेको होस । जिबालाई बेलुका अनिवार्य एक गिलास चाहिन्थ्यो । चाहे घरदेखी टाढा गोठमा बस्दा नै किन नहोस् । उहाँको लागि घरमै तयार हुन्थ्यो कोदोको रक्सी । धेरै भैसक्यो कोदोको ठाउँ आधुनिक रक्सीले लिइसक्यो ।
मेरी साथी थिइन । उनकी आमाकी एक मात्र सन्तान । यस अर्थमा कि उनका बाबुले दोस्रो बिहे गरेका थिए र उता छोराछोरी पनिथिए । बाबुको परिवार सम्पन्न भएपनी उनी र उनकी आमाको बास भने कटेरामा थियो । भैंसी पाल्ने गोठको माथिल्लो तलामा खरलेछाएको छानाभित्रबाट सधैं धुवाँ निस्किरहन्थ्यो । उनीहरूले पैसा देख्ने बाटो भनेकै रक्सी थियो । यस्ता धेरै एकल महिला र गरिब परिवारदेखेकी छु जसको घरको चुलो मदिराको व्यापारले धानिएको हुन्थ्यो ।
२०५७ सालतिर हुनुपर्छ कक्षा सातमा पढ्दा भुमिगत रुपमा रहेका कमरेडहरु विद्यालयमा आएर विद्यार्थी मोर्चा गठन गरे । मोर्चाकोसपथ ग्रहण पछि हामीले संस्कृत किताब मात्र च्यातेनौँ , रास्ट्रगानमा गाउँछ गीत नेपाली गायौँ र मदिरा बन्द गर्ने अभियान पनि फाट्टफुट्टचलायौँ । त्यतिखेर मात्रै मेरो चेतनालाई मदिरा स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा लाग्यो । जसमा हाम्रा केही साथीहरूको घरमैरक्सी बन्थ्यो । आफ्नै घरबाट सुरुवात गर्ने सल्लाह चैँ गर्यौँ ।
हाम्रो गाउँमा नारी चेतना आमा समूह थियो । ममी कोषाध्यक्ष हुनुहुन्थ्यो । गाउँमा मदिराक्ल कारणले अशान्ती भयो , हिंसा बढ्योभनेर मदिरामुक्त गाउँ बनाउन लागिपर्नुभयो र केही वर्षसम्म लगभग सफल पनि हुनुभयो । तर घर वरिपरिका दुइ जना जड्याहाँहजुरबुबाहरुलाई नियमले केही फरक पारेन । पल्लो गाउँबाट प्रत्येक बेलुका टन्न पिएर आउने र श्रीमती, छोराछोरी पिट्ने । परिवार रगाउँनै उहाँहरु देखि आजित भैसकेको थियो । सानैदेखि पटक पटक प्रत्यक्षदर्शी बनेकोले होला मनमनै प्रतिज्ञा गरेथें जेसुकै होस् रक्सीखानेसँग बिहे गर्दिन ।
संस्कृतिको नाममा होस या विकृतिको नाममा होस् मदिरा कहिँ न कहिँ हाम्रो समाजसँग लामै समयदेखी जोडिएर आएको छ । स्थानीयस्तरमा उपलब्ध अन्न , फलफूल आदिको प्रयोग गरि धेरै पहिलेदेखिनै रक्सी अर्थात घरेलु मदिरा बनाउँदै आएको पाइन्छ ।
केही समय अघिसम्म मदिरा बाहुन क्षेत्री समुदायमा लगभग वर्जित नै थियो । अबको समय त्यस्तो रहेन मदिराको प्रयोग र परिभाषा दुबैबदलिँदो छ साँस्कृतिक रुपमा आदिवासी जनजाती समुदायको संस्कृतिसँग नजिक देखिने मदिरा सामाजिक रुपमा हेर्दा मानिसले दुख,पिर, शोक बाट राहत पाउन पिउने गर्छन भन्ने बुझाई थियो । अहिलेको अवस्थालाई हेर्दा मदिरा सुखको डोज बढाउने वाहनामा अझै बढीप्रयोग भएको पाइन्छ । कुनै खास वर्ग लिङ्ग र जातिवीच मात्र नभएर अधिकांश मानिसको दैनिक जीवनसँगै जोडिएको छ मदिरा ।
वर्थ्डे ,गेट्टुगेदर ,वनभोज ,चाड्पर्व ,विवाह वा अन्य कुनै सभा समारोह रक्सी विना रमाइलो नहुने भैसके । घर–घरमा ‘होम बार’ राख्नुसामान्य हुँदैछ । परिवार र आफन्तसँग लुकेर हैन अब परिवारसँगै बसेर मदिरा सेवन गर्ने संस्कृति बढेको छ । केहि समय अघिसम्ममहिलाले मदिरा सेवन गर्दैनथे अचेल महिला पनि मदिरा सेवनमा अगाडि सर्न थालेका छन् । मदिरा बिनाको भोज भतेर अपूरो हुन थालेकोछ ।
नेपालमा तयारी मदिराभन्दा मदिरा बनाउने कच्चा पदार्थ बढी भित्रिने गरेको जानकारी पाइन्छ । मदिरा बनाउने कच्चापदार्थ भित्रिनु भनेकोघरेलु मदिराको उत्पादनमा पनि वृद्धि हुनु हो ।
सहर, बजारका ठुला होटल देखि सामान्य पसलमा या भटटीमा सहजै पाइन्छ मदिरा । तर हामीले कहिल्यै सोकेसमा सजाएरराखिएका बजारिया मदिरा नष्ट भएको सुन्दैँनौँ । सुन्छौँ या देख्छौँ त घरेलु मदिरा नष्ट गरेको ।
किन गरिन्छ त घरेलु मदिरा नष्ट ?
यो प्रश्नको एकै जवाफ छ । घरेलु मदिरा विषाक्त र अवैध हुने भएकोले ।मदिरा पिउने सबैलाई थाहा छ । घरेलु होस् या ब्रान्डेडमदिरा स्वास्थ्य र समाज दुबैका लागि राम्रो होइन । मदिराबाट शरीरलाई कुनैपनि लाभ मिल्दैन । तरपनी मान्छेहरु उल्लेख्य मात्रामामदिरा पिउँछन् । आधुनिक बन्ने नाममा होस ,रमाइलोको नाममा होस या शौखका रुपमा होस मदिरा पिएपछि मानिसले समाज, परिवारलाई तनाव दिन्छन् । आफ्नै शरीर ,प्रतिष्ठा पनि नष्ट गर्छन् । मदिरा मदिरा नै हो । चाहे घरेलु होस् वा विदेशी ,महंगो होस् वासस्तो, ब्रान्डेड होस् वा सामान्य । मदिराले गर्ने असर उही हो ।
अब कुरा गरौँ वैधताको ।
कुनैपनी राष्ट्रको अनुमति नलिइ देशका नीति र नियमहरु नमानेर उत्पादन र जथाभावी विक्री गरिएका कुनैपनि कुरा वैध मानिदैनन ।यही मान्यतामा उभिएर हेर्दा घरेलु मदिरा उत्पादन र बिक्री वितरण अबैध हो । यतिमात्र होइन मदिराले प्रत्यक्ष स्वास्थ्यमा असर पुराउनेभएकोले जथाभावी मदिरा उत्पादन र विक्री गर्नु भनेको अरुको स्वास्थ्यमा खेलबाड गर्नु हो । यसरी उत्पादन गरिएको मदिराले जथाभावीउत्पादन र विक्री त हुन्छ तर जनस्वास्थ्यमा पार्ने असरको जिम्मेवारी लिने कोहि हुँदैन । यसकारण पनि यो अवैध उत्पादनमा पर्छ ।
घरेलु मदिरा उत्पादन गर्नेहरुलाई अपराधी ठानेर घरेलु मदिरा नष्ट गरिएको , चुलो भत्काइदिएको ,भाँडाकुँडा कुचाइदिएको समाचारपढिरहेका छौँ । के यसो गर्दैमा घरेलु मदिरा उत्पादनमा कमी आको छ त ? प्रश्न यहाँनेर छ । दिनहुँ घरेलु मदिरा नष्ट गरिएका समाचारआएपनी बजारमा घरेलु मदिराको अभाव भने छैन । घरेलु मदिरा उत्पादन यही शैलीको नियन्त्रणले नियन्त्रणमा आएको पनि छैन रआउँला जस्तो छाँट्काँट पनि देखिन्न बरु लुकाछिपी खेल खेले जस्तो देखिन्छ । यस्तो अवस्थामा यसबारे सुक्ष्म रूपमा सोच विचार गर्नआवश्यक देखिन्छ ।
घरेलु मदिरा समाजको त्यो वर्गले उत्पादन गर्छन जसको पारिवारिक गर्जो टार्ने अर्को विकल्प केहि छैन । समाजमा रहेका एकल महिला, गरिब, निमुखा, असाह्यहरु नै यस्तो काममा लागेका छन् । उनीहरुको दुई छाकको जोहो नै यसैबाट चल्छ । बिहान बेलुकीको छाक टार्न , छोराछोरीलाई पढाउन ,चाडपर्व मनाउन पनि अन्य स्रोतबाट आयआर्जन नहुनेहरु नै यस कार्यमा छन ।
कि त मदिरा निषेधित क्षेत्र घोषण गरिनुपर्छ । कुनैपनी खालको मदिरा किनवेच नगरियोस् । हैन यही अवस्थामा हो भने घरेलु मदिराउत्पादनलाई नियन्त्रण भन्दा नियमन गर्न जरुरी देखिएको छ । मदिरा उत्पादनकर्तालाई आवश्यक शिक्षा र अन्य ठाउँमा व्यापार यारोजगारीका अवसर दिन सके मात्र पनि मदिरा उत्पादनमा कमी आउँथ्यो ।
सँगसँगै मदिरा उत्पादनकर्तासँग लुकिछीपीको खेल खेल्नुभन्दा कानुनी दायरामा ल्याएर , आवश्यक ज्ञान तालिम प्रदान गरेर , समुहमा आबद्ध गराएर , गुणस्तर मापन गरेर अझै सकिन्छ भने सामुहिक रुपमा मदिरा उत्पादन केन्द्र खोलीदिएर आबद्ध पो गराउने कि तजसको कारणले अन्य जोखिम कम होस ।
अन्त्यमा रमेश प्रसाईँको शब्द सापटी “अरे तीनपानी चखाइदिउँन पाहुनालाई अमेरिकन ककटेल नलाग्दा नेपाल झलझली याद आओस ।“