फाल्गुन २७ गते
महाशिवरात्री हिन्दु समुदायको एउटा विशेष पर्व हो, विशेष संस्कृति हो । यस पर्वलाई जति श्रद्धा र सम्मानका साथ हरेक हिन्दुले मनाउँछन्, उत्तिकै सम्मान देशले पनि दिँदै आएको छ । देशको राष्ट्रिय पर्वमा पर्न सफल महाशिवरात्रीको धार्मिक पक्ष निकै सबल छ । साथै यस पर्वको आर्थिक पक्ष पनि निकै महत्वपूर्ण रहेको छ ।
महाशिवरात्रीको अवसरमा लाग्ने मेलाहरुमा पुग्ने श्रद्धालुहरुले खर्च गर्दछन् । सामानको बिक्री हुने गर्दछ । सामानको बिक्रीले व्यावसायीलाई आम्दानी हुन्छ । हरेक मेलामा करोडौँ रुपैया व्यावसायीहरुले कमाउने गर्दछन् । यसमा नाफा आफ्नै ठाउँमा छ तर यसको मनोरञ्जनात्मक पाटो पनि रहेको छ ।
मेलाले मनोरञ्जन पनि दिने गर्दछ । शिवालयमा लाग्ने मेलाले दिने मनोरञ्जन धार्मिक हो । हाम्रो धर्म र धार्मिक कार्यले एकातिर चेतना दिएको हुन्छ भने अर्कोतिर मनोरञ्जन पनि । स्वस्थ्य मनोरञ्जन र विकृतिरहित मनोरञ्जनले मन र मस्तिष्कलाई फाइदा पु¥याएको हुन्छ । मानिस फ्रेस हुन्छन् । एकोहोरो काम गराइबाट केही घन्टा मेलामा घुम्दा र मनबाट सबै किसिमको विकार हटाएर शिवत्व भाव ग्रहण गर्दा मनोवैज्ञानिक तथा मानसिक शान्तिको प्राप्ति हुन्छ । यसले मानिसमा स्फुर्ति आएको हुन्छ र मानिस रिचार्ज वा रिफ्रेस भएको महसुस गर्दछन् । यस पक्षलाई पनि मेलाको सबल पक्ष मान्नु पर्दछ ।
यस्ता मेलाले कैयौँको रोजगारीलाई कायम राखेको हुन्छ भने संस्कृतिको संरक्षण भइरहेको हुन्छ । संस्कृतिको हस्तान्तरण पनि भइरहेको हुन्छ । हामीले नै हाम्रो संस्कृतिको संरक्षण र विस्तार गर्ने हो । सबै मिलेर महाशिवरात्रीलाई स्वस्थ र स्वच्छ संस्कृतिको पर्व बनाउनु आवश्यक छ ।