ओम प्रकाश यादव
चैत्र ०८ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिका १ दिपहीमा आज वृक्षारोपन गरिएको छ । दिपही खेसरहीया सडक खण्डमा आज सयौं थान विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।
माधवनारायण नगरपालिकाको आर्थिक सहयोगमा सृजनात्मक समाज कल्याण केन्द्र नेपाल गरुडाले दिपही देखी खेसरहीया जाने बाटोमा एक सय ५० वटा विभिन्न प्रजातिको विरुवा रोपेको हो ।
माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवले आज एक कार्यक्रमका बीच आफना हातले वृक्षारोपन गर्दै उदघाटन गरेका थिए ।
बृक्षारोपन गरी जैविक विविधताको संरक्षण, साथै वातावरणीय सन्तुलन कायम गर्न योगदान पु¥याउ भन्ने मुल उदेश्यका साथ वृक्षारोपन गरिएको मेयर विरेन्द्र यादवले बताएका छन ।
बिरुवा रोप्ने मात्र नभएर संरक्षणका लागि समेत नगरपालिका ध्यान दिने मेयर यादवले बताए ।
जकरन्डा ४०, महोगनी ४०, कपुर ३०, निम २०, कल्की, गोल्ड मोहर, बकाएन लगाएत प्रजातिका विरुवा वृक्षारोपन गरिएको सृजनात्मक समाज कल्याण केन्द्र नेपाल गरुडाका प्रतिनिधि विवेक शर्माले बताएका छन ।
हरियो वन नेपालको धन, स्वच्छ वातावरण निर्माण, वृक्षारोपन गरौ वातावरण जोगाऔ भन्ने मुल नाराका साथ उक्त वृक्षारोपन गरिएको शर्माले बताए ।
बाढि पहिरो रोक्ने, मानिसलाई आवश्यक पर्ने अक्जिन प्राप्त हुने, फलफुल परिपुर्ति, वातावरण संरक्षण तथा जैबिक बिबिधतामा सहयोग पुग्ने उदेश्यले बृक्षारोपण गरिएको उनको भनाई छ ।