डेढ लाख घुस प्रकरणमा इन्जिनियरविरुद्ध अख्तियारमा मुद्दा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर १२, शुक्रबार (११ मिनेट अघि)
  • ११ पटक पढिएको
डेढ लाख घुस प्रकरणमा इन्जिनियरविरुद्ध अख्तियारमा मुद्दा

कपिलवस्तु ,११ मंसिर। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका करार सेवामा कार्यरत प्राविधिक प्रमुख इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए।

अनुसन्धानका क्रममा उनले निर्माण व्यवसायीसँग कमिसनबापत १ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। चौधरीले ५० हजार रुपैयाँ चेकमार्फत र एक लाख रुपैयाँ फोनपेमार्फत् आफ्नो बैंक खातामा लिएको पाइएको छ।

अख्तियारले चौधरीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दोषी ठहर गर्न माग गर्दै बिगो १ लाख ५० हजार रुपैयाँ कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस