नरेश गुप्ता , चैत्र ०८ गते ।
नेशनल प्याबसनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसियाले निजि बिधालय प्रति सरकारको हेराई गिद्व जस्तो रहेको बताउनु भएको छ । राष्ट्रिय निजि तथा आवाशिय बिधालय एशोसियसन बाराले रौतहटको मौलापुर पिकनिक पार्कमा आयोजना गरिएको होलि मिलन समारोहलाई प्रमुख अतिथिको आसन बाट बोल्दै चौरसियाले निजि बिधालयको बालबालिकालाई छात्रवृत्ति र प्राबिधिक शिक्षा बाट समेत बंचित गरेको आरोप वहाले लगाए । निजि बिधालयले शिक्षामा लगाएको लगानी अनुसार त्यस बाट पाउनु पर्ने लाभांश प्राप्त गर्न नसकेको वहाँले बताए । सोही कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेशनल प्याब्सनको केन्द्रीय सद्स्य अलि महमद अंसारिले सरकारले सामुदायिक बिधालयमा करोडौं खर्च गरेपनि निजि बिधालयको जस्तो गुणस्तर शिक्षा प्रदान गर्न स्स्केको छैन । नेशनल प्याब्सनको केन्द्रिय कार्यसमितिको नितृत्वले सकारात्मक बिचार लिएर अगाडि बढन अनुरोध गर्नु भयो । नेशनल प्याब्सन बाराको अध्यक्ष प्रभुलाल कुशवाहाको अध्यक्षतामा समपन भएको होलि मिलन कार्यक्रममा प्रमुख अतिथी चौरसियालाई समानित गरिएको थियो । होलि मिलन समारोहमा प्रदेश २ ससचिव रामनरेश साह ,अजय चौधरी , नेशनल प्याब्सन बाराको ल्लाहकार रामबाबु कुशवाहा , वरिष्ठ उपाध्यक्ष सुबोध सराफ , बसन्त शार्मा लगायतले होलि मिलनको अवसरमा शुभकामना मन्तव्य ब्यक्त गरेको थियो । कार्यक्रमको संचालन नेशनल प्याब्सन बाराको कोषाध्यक्ष पुनदेव चौधरी र स्वागत मन्तव्य सुबोध सराफको रहेको थियो ।