मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १०:२५
१२ मंसिर २०८३ शनिबारराति १०:२५ Saturday, November २८, २०२६

कलैया मेयर गोल्ड कप फुटबल प्रतियोगिता २०७७ को सम्पूर्ण तयारी पूरा

शेयर००
Listen to this article
2 min listen · 170 words0:00 / 2:00
0:00
2:00

दिपेन्द्र जयसवाल । बारा । चैत्र २० गते
शनिबार देखि हुने प्रथम ऐतिहासिक कलैया मेयर गोल्ड कप फुटबल प्रतियोगिता २०७७ को सम्पूर्ण तयारी पूरा भएको छ । कलैया स्थित सिद्धेश्वर खेल मैदानमा भोलि देखि हुने प्रथम मेयर गोल्ड कप फुटबलको तयारी पूरा भएको आयोजक कलैया फुटबल क्लबका सल्लाहकार सम्साद मन्सुरले जानकारी दिएका छन् । भोलि हुने प्रथम मेयर गोल्ड कप फुटबल को पहिलो खेलमा जनकपुर स्पोर्टस क्लब र ए.पि.एफ बर्दीबास बीच हुने छ ।भोलि दिउँसो १ बजे एक कार्यक्रमका बीच कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादवले खेल उद्घाटन गर्नु हुने छ भने दिउँसो २ बजे खेल सुरु हुने कलैया फुटबल क्लब का अध्यक्ष कुल्दिप ठाकुर ले बताउनु भयो । भोलि को उद्घाटन कार्यक्रममा महागढिमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादव , बारा का प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल , जिल्ला प्रहरी कार्यालय बारा का प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही , सहित तिनै सुरक्षा निकाय का प्रमुख एवम् प्रतिनिधिहरु को उपस्थिति रहने छ ।भोलि देखी सुरु हुने खेलमा ८ वटा टिम रहेको क्लब का कोषाध्यक्ष साहिल हवारीले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in