वर्तमानकाल समाचारदाता । रौतहट । २९ चैत ।
रौतहटमा कोरोना विरुद्ध दोस्रो डोज खोप लगाउनु परेको छ । गत फागुन २ गतेदेखि १० गतेसम्म कोभिड बिरुद्ध खोप प्रथम डोज लिइएका ब्यक्तिहरुलाई दोस्रो मात्राको कोभिडसिल्ड खोप २०७८ बैशाष ७ गतेदेखि ११ गतेसम्म रौतहटको चन्द्रपुर , बृन्दावन , गुजरा , फतुवाविजयपुर , गौर , राजदेवी , इशनाथ , राजपुर , परोहा , बौधीमाइ , मौलापुर , देवाहीगोनाही , यमुनामाई , दुर्गा भगवती , गढीमाइ , गरुडा , माधवनारायण , कटहरिया नगरपालिकामा अबस्थित अस्पतालहरुमा बिहान १० बजेदेखि ५ बजेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय गौर रौतहटले जनाएको छ । पहिलो डोज लगाइएका स्वास्थ्यकर्मी , निजामति कर्मचारी , प्रहरी , सरसफाइकर्मी , एम्बुलेन्स चालक , महिला स्वयकसेविका , शसस्त्र प्रहरी, पत्रकार , जनप्रतिनिधि लगायतका ब्यक्तिहरुलाई यो खोप लगाउनु पर्ने छ । रौतहटको चन्द्रपुर , गुजरा , फतुवा विजयपुर नगरपालिकाका ब्यक्तिहरुलाई चन्द्रपुर सरकारी अस्पतालमा खोप लगाइने र बाकी अन्य पालिकाका ब्यक्तिहरुलाई भने गौर अस्पतालमा लगाइने स्वास्थ्य कार्यालय गौर रौतहटले जनाएको सञ्चारकर्मी उपेन्द्र गोलेले जानकारी गराउनु भएको हो ।