दिपेन्द्र जयसवाल,बारा ,२९ चैत
बाराको महागढीमाई नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई नि ः शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेको छ ।
त्यसका लागि २ जना एम्बुलेन्स चालक चौबिसैं घण्टा तयारी अवस्थामा राखिएको र विरामीलाई बीरगन्ज, चितवन र काठमाडौंसम्म पुर्याउने खर्च पालिकाले ब्यहोर्ने जनाइएको छ ।
घातक रोग लागेका बिरामी र अति विपन्नहरुका लागि २५ हजारदेखी १ लाख रुपैयाँसम्म उपचार खर्च पनि पालिकाले उपलब्ध गराउने दाबी नगर प्रमुख उपेन्द्र प्रसाद यादवले गर्नुभएको छ ।