बैशाख १२ गते
भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा नेपालका पूर्वराजा ज्ञानेन्द्रले पवित्र स्नान गरी त्यहा“ उपस्थित साधुसन्तमा भक्तिभाव देखाउनुलाई उनको आध्यात्मिक अधिकार मान्नु पर्दछ । तर उहा“ नेपालका पूर्वराजासमेत भएकाले उनको यस धार्मिक भ्रमणलाई पूर्णरूपमा निस्वार्थ भावको मात्रै मान्न सकिंदैन ।
पूर्वराजा ज्ञानेन्द्र गेरू वस्त्रमा देखिनु एउटा संयोग मात्रै हो । हुन त राजनीतिज्ञहरू समय, काल र परिस्थिति अनुसार आपूmमा परिवर्तन ल्याउने गर्दछन् तथा आपूmलाई पनि सोही समाजको देखाउने भरसक प्रयास गर्दछन् । पूर्वराजा ज्ञानेन्द्र महाकुम्भ मेलाको अवसरमा र साधुसन्तमाझ गेरू वस्त्रमा देखिनु पनि यसैकारणले हुनसक्छ । राजा ज्ञानेन्द्रको यस भ्रमणलाई राजनीतिभन्दा निरपेक्ष पनि मान्न सकिंदैन ।
नेपालको २४० वर्ष पुरानो राजतन्त्रको अन्तिम राजा ज्ञानेन्द्र अचानक गेरू वस्त्रमा देखिनु कतै उनको मनमा वैराग्य आएको सड्ढेत त होइन ? भन्ने प्रश्न पनि उठ्न थालेका छन् । कतिपयले पवित्र महाकुम्भको अवसरमा साधुसन्तहरूको सान्निध्यमा रहेका कारण मात्रै उनले गैरू वस्त्र धारण गरेको हुनसक्ने तर्क पनि गरिरहेका छन् । सनातन धर्ममा विश्वास राख्ने राजाहरूले आप्mनो जीवनको अन्त्यतिर पूर्ण रूपमा अध्यात्मवादी अथवा योगी बनेका अनेकौं उदाहरण पनि छन् तर पूर्वराजा ज्ञानेन्द्र सम्भवतः यस्तो नगर्लान् भन्ने आम चर्चा छ । पूर्वराजा ज्ञानेन्द्रको हरिद्वार भ्रमणलाई विभिन्न कोणबाट विश्लेषण गर्ने गरिन्छ । खास गरिकन आध्यात्मिक भावले र राजनीतिक अर्थमा पनि ।
कार्यक्रमका आयोजकले उनलाई हिन्दू राजा अथवा हिन्दू सम्राटकै रूपमा सम्बोधन गरेका थिए । आप्mनो तीन पृष्ठ लामो सम्बोधनमा उनले हिन्दू सनातन धर्म, परम्परामाथि बाह्य अतिक्रमण भएकोमा चिन्ता व्यक्त गरेका थिए । हरिद्वारस्थित निरञ्जनी अखडामा महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, सन्त महन्थ र साधुहरूलाई सम्बोधन गर्दै उनले कतिपय बाह्य दबाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यता केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ¥हास आएकोले हाम्रो धर्मलाई बचाउनु र हाम्रो संस्कृतिको रक्ष्ाँ गर्नु आवश्यक भएको भन्दै उनले हाम्रा मठ–मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु हाम्रो कर्तव्य एवं दायित्व भएको टिप्पणी गर्नुभयो ।
आप्mनो सम्बोधनमा उनले भारत वर्ष, हाम्रो आर्यावर्त र भरतखण्ड, यो भूखण्ड–हाम्रा यी हिमशृङ्खला र हाम्रा यी अनेकौं नदीको महान महŒव छ भन्दै उनले हजारौं वर्षअघिदेखिको हाम्रँे सभ्यता, हाम्रँे धर्म, परम्परा तथा सनातनिक संस्कृति विश्वमै बेजोड छ भन्दै हिन्दू धर्म–संस्कृतिको व्यापकताको वर्णन गरे । यद्यपि उनले आप्mनो तीन पृष्ठ लामो सम्बोधनमा राजनीतिक विषयको चर्चा गरेनन् तरआन्तरिक रूपमा यस भ्रमणलाई राजनीतिक स्वार्थबाट रहित मान्न सकिंदैन ।
नेपालमा विगत १२ वर्षदेखि गणतन्त्रको अभ्यास भइरहेको छ तथा जननिर्वाचित राष्ट्रपति देशको प्रमुखका हैसियतले विराजमान पनि छन् । तत्काल नेपालमा राजसंस्थाप्रति जनताको आकर्षण पनि छैन न त गणतन्त्रप्रति विकर्षण नै छ । सनातन धर्ममा र हाम्रा धर्मशास्त्रहरूमा नृप अर्थात् राजालाई देवतासरह नै सम्मान दिइदै आएकाले पनि नेपालका पूर्वराजामा पनि सोही आकृति हेर्न खोज्ने साधुसन्तहरू अहिले पनि कम सङ्ख्यामा छैनन् । साधुसन्तहरूको निजी आस्था एवं विश्वासमाथि रोक पनि लगाउन सकिंदैन । एउटा हिन्दूको नाताले यदि पूर्वराजा ज्ञानेन्द्रले सनातन हिन्दू धर्म, संस्कृतिको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको रक्ष्ाँको निम्ति आप्mनो प्रतिबद्धता जनाउनु अस्वभाविक होइन ।
विश्वका प्रायःजसो पुराना एवं गौरवशाली सभ्यता एवं संस्कृतिहरू अस्तित्वमा छैनन्, रोमन सभ्यता, ग्रीसको सभ्यता, मिश्रको सभ्यता र इरानी सभ्यता पनि अब खासै चर्चामा छैन । चिनिया“ सभ्यता पनि केही हदसम्म अस्तित्वमा छ । केवल हाम्रो पूर्वीय सभ्यता जसलाई सनातनी अथवा हिन्दु सभ्यता पनि भन्ने गरिन्छ, त्यो नै एकनाशले जीवन्त, ग्राह्य,लोकप्रिय तथा अनुकरणीय रहिआएको छ । नेपालका उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतबीच प्रत्येक पाइलामा विवाद उत्पन्न भइरहनुको एउटा ठूलो कारण दुई सभ्यताबीचको टकराव अथवा भीडन्त पनि हो । चिनियाहरू आप्mनो सभ्यतालाई नै विश्वको उच्चकोटीको सभ्यता र संस्कृति मान्दै आएका छन् जबकि सनातनीहरू पूर्वीय अथवा हिन्दु सभ्यतालाई विश्वको सर्वोत्कृष्ट सभ्यता मान्दै आएका छन् । दुर्भाग्यवस नेपालका कतिपय कथित प्रगतिशील लेखक एवं विद्वानहरू पनि आप्mनो खुट्टामा बन्चरो हानिरहेका छन् तथा चिनिया सभ्यताको पक्षपोषण गर्ने क्रममा सनातनी सभ्यताको अपमान गर्न पुग्दछन् । राजनीतिक एवं वैचारिक आस्था फरक विषय हो तर जब सभ्यता एवं संस्कृतिमाथि प्रहारको समय आउ“छ तब हामी एकजुट भएर यसको रक्ष्ाँ गर्नु पर्दछ । नेपाल र भारत भौगोलिक रूपमा दुई देश अवश्य पनि छन् । हाम्रो स्वतन्त्र अस्तित्व पनि छ र यसको रक्ष्ाँ पनि हुनुपर्दछ तर हाम्रो सभ्यता, संस्कृति, धर्म, उपासना, पद्धति, रहनसहन, संस्कार, मान्यता एउटै हुन् यसको पनि अनुभूति भइरहनु पर्दछ ।
भारतका दिग्गज राजनीतिज्ञ, विद्वान, लेखक एवं हाल केरल प्रान्तका राज्यपाल आरिफ मोहम्मद खानका अनुसार पूर्वीय सभ्यतालाई ज्ञानको भण्डार मानिन्छ । सनातन धर्म त शब्द हो, ज्ञान हो, न त यसको अन्त्य नै हुन सक्छ, न त यो कहिल्यै पराजित नै हुन सक्दछ । महान ऋषिमुनि एवं विद्वानहरूको वाणीद्वारा स्थापित यस सभ्यताको गौरवशाली इतिहास रहेको छ । वेद, पुराण, उपनिषद्, गीता था विभिन्न शास्त्रहरूका कारण पूर्वीय सभ्यता एवं संस्कृतिसित कसैको तुलना नै हुन सक्दैन । केरलका राज्यपाल खान स्वयं पनि सनातन धर्म एवं संस्कृति तथा सभ्यताको बारेमा गहिरो अध्ययन गरेका छन् । भनिन्छ, जतिबेला बलिउडका फिल्म निर्माता एवं निर्देशक बलदेवराज चोपडा (बिआर चोपडा) महाभारत सिरियलको निर्माण गर्ने योजना बनाइरहेका थिए त्यतिबेला उनले यसको संवाद लेखनको जिम्मा कसलाई दिने भन्ने विषयमा अन्योलमा थिए तर उनका प्रिय मित्र एवं प्रख्यात लेखक एवं विद्वान डा. राही मासुम रजाले आपूm पनि गड्डाकै पुत्र भएकाले पवित्र महाभारत सिरियलको सम्पूर्ण संवाद आपूmले मात्रै लेख्ने हठ गरेका थिए । विश्व चर्चित महाभारत सिरियलको सफलतामा डा राही मासुम रजाको उच्चकोटीको संवाद लेखनको पनि ठूलो योगदान एवं महŒव मानिन्छ । तात्पर्य यो कि पाकिस्तान, बड्डलादेश र श्रीलड्ढाका कतिपय विद्वानहरू पनि पूर्वीय सभ्यता एवं संस्कृति माथि गर्व गर्दछन् तथा यससित आप्mनो साइनो गास्ने गर्दछन् । धेरैजसो भारतीय मुसलमान पनि पूर्वीय सभ्यता र संस्कृतिलाई आप्mनो पहिचान मान्ने गर्दछन् । हामी नेपालीहरूले पनि यसमा गर्व गर्नु स्वभाविक नै हो किनभने यो त हाम्रै सभ्यता–संस्कृति हो । सम्भवतः पूर्वराजा ज्ञानेन्द्रमा पनि साधुसन्त एवं महात्माहरूले आप्mनो देवताको अनुभूति गर्नु अथवा नृप हेर्नु यसैको सड्ढेत हो । भारतवर्ष, आर्यावर्त र भरतखण्डलाई सड्ढिर्णरूपमा हेर्नु हु“दैन । यो हाम्रो साझा हो र हामी पनि यसैका हौं । ज्ञान, विज्ञान र अनुसन्धानले परिपूर्ण हाम्रो सभ्यता एवं संस्कृतिलाई अक्षुण्ण राख्नु हाम्रो परम धर्म एवं कर्तव्य पनि हो । पूर्वीय सभ्यता एवं संस्कृतिका संवाहक भएर पनि हामीले यसको निम्ति थप केही गर्न सकेका छैनौं । राजनीतिज्ञले धर्म र संस्कृतिलाई पनि नाफा नोक्सानकै दृष्टिले हेर्न गर्दछ । आपूmमाथि सड्ढट आइपरेका बेला मात्रै धर्म, संस्कृतिलाई स्मरण गर्ने धारणा रहिरहेसम्म कुनै पनि समुदायको धर्म, संस्कृतिको रक्ष्ाँ हुन सक्दैन ।
पूर्वराजा शाहलाई विश्व हिन्दु महासङ्घले १७ वर्षघि विश्व हिन्दु सम्राटको उपाधि दिएको थियो । पूर्वराजाले तीन वर्षअघि हिन्दू राजाको हैसियतमा उडिसा राज्यस्थित पुरीको भ्रमण गरेका थिए । साढे ५ वर्षअघि नै संविधानसभाको तीन चौथाइ बहुमतद्वारा नेपाललाई गणतान्त्रिक एवं धर्मनिरपेक्ष राष्ट्र घोषित गरिसकिएको हो तसर्थ अब यहा“ राजसंस्था फर्किने तथा नेपाल पुनः हिन्दू राष्ट्र घोषित हुने सम्भावना छैन तर नेपालका पूर्वराजा भएका कारण र एक हिन्दूका नाताले सनातन धर्म संस्कृतिको अवस्थाका बारेमा चिन्ता गर्नु र यसको संरक्ष्ँण एवं विकासमा सक्दो सहयोगबारे प्रतिबद्धता व्यक्त गर्नु अस्वभाविक होइन । पूर्वराजा ज्ञानेन्द्रका यस धार्मिक भ्रमणले नेपाल र भारतबीचको सांस्कृति एवं सामाजिक सम्बन्धलाई अवश्य नै बलियो बनाउने छ । पूर्वराजा ज्ञानेन्द्रलाई यदि यस धार्मिक भ्रमणबाट केही राजनीतिक लाभ हासिल हुने सम्भावना देखिन्छ भने यो उनको निजी विश्लेषण हुनसक्छ र यसका निम्ति उनी स्वतन्त्र पनि छन् । दक्षिणी छिमेकी भारत नेपालीहरूको निम्ति कुनै नया“ ठाउ“ होइन । पूर्वराजा ज्ञानेन्द्र विगत १५ वर्षदेखि राजनीतिबाट पनि टाढा नै छन् । यदि दक्षिणी छिमेकी भारतमा यदि उनलाई कसैले मान, सम्मान दिन चाहन्छ र स्वागत गर्न चाहन्छ भने त्यस निम्तोलाई स्वीकार्नु स्वभाविक नै हो । तत्काल त पूर्वराजा ज्ञानेन्द्रको यो भ्रमण धार्मिक नै देखिन्छ ।