सर्लाही, २३ साउन । सर्लाहीको बलरा नगरपालिकामा भारतीय नम्वरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा ५५ बर्षीया महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, शुक्रवार विहान साढे १० बजेको समयमा बलरा नगरपालिका–११ वडा कार्यालय स्थित बीआर ३० के ४६९४ नम्वरको भारतीय मोटरसाइकलले पैदल हिडिरहेकी स्थानीय ५५ बर्षीया चन्दादेवी बैठालाई ठक्कर दिदा गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते महिला बैठालाई अचलगढमा रहेको अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउदा आज १२ बजे चिकित्सले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिहले बताए ।
महिलालाई ठक्कर दिदा मोटरसाइकल लडेपछि स्थानीय ३५ बर्षीय चालक जितेन्द्र ठाकुर घाइते भएपछि प्रादेशिक अस्पतालमा उपचार पश्चात प्रहरीको निगरानीमा थप उपचारको लागि वीरगञ्ज तर्फ पठाइएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।


