राजेन्द्र महतो । सिरहा । बैशाख १७ गते
इन्सपेक्टर अरविन्द कुमार साह लाई विदाई गरिएको छ । विगत १७ महिना देखि उनी ईलाका प्रहरी कार्यालय महेशपुर पतार ,सिरहामा कार्यरत रहेका थिए । सिरहाको बसाइ समाप्त गरेर रौतहट आउन लागेका हुन् । ईप्रका चन्द्रपुरमा उनको सरूवा गरिएको बताइएको हो । सो अवसरमा बोल्दै साहले सिरहा
को वसाईमा हातमा हात साथमा साथ मिलाई अतुलनीय सहयोग गर्नुहुने स्थानीय तह, जनप्रतिनीधि,स्थानीय भद्रभलाद्मी, तालुक कार्यालयका प्र।उ।, प्र।ना।उ।, प्र। नि। तथा सांगठनिक र ई। प्र।का महेशपुर पतारका परिवारका सहकर्मी मित्रहरु, संचारकर्मी मित्रहरु, स्थानीय व्यवसायीहरु सरकारी तथा गैह्रसकारी कार्यालयका कर्मचारी सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न भएको थियोे ।