रौतहट र सर्लाहीलाई जोडने बागमति नदिमा रोकिएको सडक निर्माण कार्य सुचारु गर्ने सहमति भएको छ । रौतहट र सर्लाही जिल्लालाई जोडन रौतहटको धर्मपुर र सर्लाहीको मैनाथपुर घाट स्थित बागमति नदिमा गत वर्ष निर्माण भएको पुलको बाटो निर्माण हुन लागेको छ । धर्मपुर घाट स्थित बागमति नदिमा पुल निर्माण भएपनि पुल भन्दा पुर्वदेखी लिएर सर्लाहीको मैनाथपुर घाटसम्म सडक नहुँदा सर्वसाधारणहरु जोखिम मोलेर यात्रा गर्दै आएका छन । गत वर्षदेखी मात्र गढिमाई नगरपालिकाको आर्थिक सहयोगमा उक्त पुलदेखी पुर्व मैनाथपुर घाटसम्म नयाँ सडक निर्माण हुन लागेको छ तर उक्त बाटोकै विषयमा स्थानीयहरुबीच विवाद हुँदा केहिदिन देखी उक्त सडक निर्माण कार्य रोकिएको थियो । सडक निर्माण कार्य रोकिएको थाहा पाएपछि रौतहटका प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र यादवले केही दिन अघि सडक निर्माण स्थलमै पुगेर स्थानीयहरुबीचको विवाद अन्त्य गरेका छन । सडक निर्माण कार्य अगाडि बढ्ने भएपछि स्थानीयहरू हर्षित भएका छन् ।