बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को पिलुवास्थित स्वास्थ्य संस्था परिसरमा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २७, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को पिलुवास्थित स्वास्थ्य संस्था परिसरमा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास


दिपेन्द्र जयसवाल,बारा बैशाख २६
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को पिलुवास्थित स्वास्थ्य संस्था परिसरमा बर्थिङ्ग सेन्टर (प्रसुति केन्द्र) भवनको शिलान्यास गरिएको छ । प्रदेश २ सरकारको करिब २० लाख रुपैंया लागतमा निर्माण गर्न लागिएको प्रसुति गृह भवनको पूर्वमन्त्री ज्वालाकुमारी साहले शिलान्यास गर्नुभएको हो । प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको कार्यक्रम तथा बजेटमा पिलुवा बर्थिङ्ग सेन्टर स्थापना हुन लागेको हो । प्रसुति केन्द्रले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पिलुवा, टाँगियाबस्ती, महेन्द्रनगर, डकाह, बडहर्वाका हजारौं महिलाहरुका लागि प्रसुति सेवामा सहजता हुने पूर्व मन्त्री साहले बताउनुभयो । केन्द्रबाट प्रसुति विशेषज्ञ सहित स्वास्थ्यकर्मीको टोलीले नियमित सेवा प्रदान गर्ने जनाइएको छ । अपाङ्गमैत्री पाँचकोठे पक्की भवन आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको भवन निर्माण समितिका अध्यक्ष सुरेश रिमालले जानकारी दिनुभयो । पूर्वमन्त्री साहको विषेश पहलमा पिलुवामा प्रसुति केन्द्र स्थापना गर्न लागिएको उहाँको भनाइ थियो । शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष केदार बजगाई, स्थानीय सामाजिक अगुवा हरिदेव खरेल, गोपिकृष्ण खतिवडा, भवन निर्माण समितिका सचिव विष्णुप्रसाद फुँयाल लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस