दुई दिनमा रौतहटले दुई सञ्चार उद्यमीलाई गुमाएको छ । रेड टेलिभिजनकी संचालिका रामादेवी यादव र रेडियो मधेस मसला एफएमका संचालक मनोजकुमार चौधरी कोरोनाका कारण हामीबीच रहनुभएन । कलिलै उमेरमा दुई सञ्चारकर्मीलाई गुमाउनु पर्दाको चरम पीडा रौतहटेली पत्रकारिताले बेहोर्नु परिरहेको छ । वहाँहरुको निधनले रौतहटको सञ्चार क्षेत्रमा अपूरणीय क्षति भएको छ ।
समय कति निष्ठुर हुन्छ र कोरोना कति घातक छ भन्ने कुरा अहिलेको समयको गतिले प्रमाणित गरेको छ ।
मनोजकुमार चौधरीजस्तो अत्यन्त क्रियाशील पत्रकारलाई अल्पायुमै गुमाउनु रौतहटको पत्रकारिताको लागि कहिल्यै पूरा नहुने क्षति हो । अनेक संघसंस्थामा आबद्ध सबैका प्रिय पत्रकार चौधरीलाई गुमाउँदाको कुरा लेख्न पनि मुस्किल भइरहेको छ । दुई जनाको अकल्पनीय ,अविश्वसनिय र दुःखद समाचार सुन्दा स्तब्ध बनाएको छ । समाचार लेख्ने,पढ्ने र सुनाउने व्यक्ति पनि समाचार बन्दा रहेछन् । रौतहटको पत्रकारिता जगतको लागि एकदम दुःखद घडी रहेको छ । एक सञ्चार उद्यमीको निधनको पिडा सेलाउन नपाउँदै अर्को पिडा आज थपिएको छ । दुई दिनमा दुइ घटनाले रौतहटका पत्रकारहरु पिडामा छन् भने कोरोनाको कहर भयभित बनेका छन् । सबै जना अहिले सचेत सजग भएर बस्नु पर्ने बेला आएको छ । दुवै सञ्चार उद्यमी प्रति
हार्दिक श्रद्धा सुमन अर्पण छ ।