उपेन्द्र गोले रौतहट ९ जेठ ।
पत्रकार महासंघ रौतहटका सहसचिव संजय सहनीले ३ पत्रकारलाई खाद्यान्न सहयोग गर्नु भएको छ । कोरोना भाइरसको संकटको घडीमा रौतहटका पत्रकारहरुलाई खाद्यान्न अभावमा भएमा आफ्नो ब्यत्तिगत खर्चमा सहयोग गर्ने घोषणा गर्नु भएका सहनीले आइतबार रौतहटका ३ जना पकारहरुलाक्षर्् खाद्यान्न सहयोग गरेको सामाजिक सञ्जाल मार्फत बताउनु भएको छ । उहाले रौतहटमा रहेर पत्रकार क्षेत्रमा कार्यरत पत्रकार साथीहरुलाई खाद्यान्न अभाव भएको भए सम्पर्क राख्न पनि अनुरोध गर्नु भएको छ । सहयोग लिदा फोटो नखिच्ने , नाम तथा ठेगाना गोप्य रहने समेत बताउनु भएको छ । आइतबार सहनीले आफ्नो ब्यक्तिगत खर्चबाट प्रति पत्रकार २५ किलो चामल विभिन्न खाद्यान्न सामग्री सहयोग गर्नु भएको बताउनु भयो । महामारी संकटको बेला एक अर्कामा सहयोग गरि कोरोना बिरुद्ध लड्न समेत सहनीले अनुरोध गर्नु भएको छ ।