पवन कुमार साह । पर्सा । १४ जेठ
पहिलो पटक प्रयोशालाबाट ल्याब दुईजनामा ब्ल्याक फङ्गस कालो ढुसी अर्थात म्युकोर्माइकोसिस पुष्टि भएको हो ।कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएर निको भएका दुईजनामा ब्ल्याक फङ्गसको सङ्क्रमण पुष्टि भएको हो । मङ्गलम डाइग्नोष्टिक सेन्टर अनुसार कोरोना सङ्क्रमण मुक्त भएका दुई जनामा व्यक्तिहरुको केओएच परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । सेन्टरका सञ्चालक एवम् वरिष्ट प्याथोलोजिष्ट प्रोफेसर डा। अमरनाथ एएन ठाकुरले फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको थियो । अर्को एकजनाको कल्चरको रिपोर्ट आउँन बाकी रहेको हो । डा। ठाकुरले म्युकोर्माइकोसिस दुई चरणमा पत्ता लाग्ने गरेको हो । पहिलो केओएच टेष्ट गर्नुपर्ने हुन्छ । फङ्गस इन्फेक्सन हो की होइन पत्ता लगाउँछ । कुन फङ्गस इन्फेक्सन हो भन्ने पत्ता लगाउँन कल्चर गर्नुपर्ने हुन्छ । एक साता सम्मको समय लाग्न सक्छ । इन्फेस्क्स पत्ता लागेपछि फङ्गस कुन जाति हो । कल्चर गरेर पत्ता लगाइने भनुभयो । म्युकोर्माइकोसिस दुर्लभ, खतरनाक फङ्गल सङ्क्रमण हो । यो पछिल्लो समय कोरोना सङ्क्रमितमा देखा परिरहेको हो । यसले सङ्क्रमितको नाक, आँखा वा दिमागमा असर गर्न सक्छ । फोक्सोमा पनि फैलन सक्ने चिकित्सकहरु बताउनुभयो । नारायणी अस्पतालका वरिष्ट चिकित्सक डा। निरजकुमार सिंह अनुसार नेपालमा पहिलो पटक प्रयोशालाबाट ब्ल्याक फङ्गस सङ्क्रमण पुष्टि भएपनि यसअघिनै यो सङ्क्रमणबाट दुइ जना को मृत्यु भइसकेको हो । ब्ल्याक फङ्गसका शङ्कास्पद सङ्क्रमित मध्ये एकजनाको काठमाडौँ स्थित मेडीसिटी अस्पताल र एक जनाको वीरगञ्जस्थित एड्भान्स अस्पतालमा मृत्यु भएको हो । काठमाडौँमा मृत्यु भएका सङ्क्रमितलाई वीरगञ्जबाट रेफर गरिएको हो । क्लिनिकली अहिले प्रमाणित भए पनि यस अघिनै २ जनाले ज्यान गुमाई सकेका छन् । उनीहरुमा सङ्क्रमण भएनभएको टेस्ट गर्न ल्याब पठाउँनु भन्दा पहिला नै उनीहरुको मृत्यु भइसकेको थियो ।अहिले सम्म ८ जनामा ब्ल्याक फङ्गसको सङ्क्रमण देखिएको हो ।