आरके श्रीवास्तव कटहरिया जेठ २५ गते
रौतहटको कटहरियाका स्थानियले दक्ष डाक्टरबाट उपचार गराउन पाउने भएका छन । लामो समयदेखि रौतहटको कटहरिया नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष डाक्टरको अभावमा स्थानिय नागरिकहरु रौतहटका विभिन्न अस्पतालमा धाउनु पर्ने बाध्यता रहेको थियो । कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुस्वाहाको अथाह प्रयासबाट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष डाक्टरको नियुक्ति भएको छ । सोमबार कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुस्वाहाले स्वास्थ्य विभागबाट नै डा. ज्योती प्रकाश साहलाई कटहरिया नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हाजिर गराउनु भएको कुस्वाहाले बताउनु भयो । नगर प्रमुख कुस्वाहाले सोमबार डाक्टर साहलाई भब्य रुपमा स्वागत गर्नु भएको छ । उपचारको लागी रौतहटका विभिन्न स्थानमा रहेका अस्पताल तथा जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको नगर प्रमुख कुस्वाहाले दावी गर्नु भएको छ ।