राजेन्द्र महतो जेठ ३० गते
अश्लिल र दोहोरो अर्थको गीत बजारमा ल्याएर चर्चामा आएका सप्तरीका गायक सन्नु कुमारको बारेमा समाचार लेखेको भन्दै गाली गलौज सहित पत्रकारलाई धम्की पनि दिइएको छ । सप्तरीका पत्रकार नविन यादवलाई सन्नु कुमारको बारेमा समाचार लेखेको भन्दै गाली गलौज सहित धाकधम्की समेत दिएको हो । सन्नु कुमारले अश्लिल गीत, दोहोरो अर्थ लाग्ने शब्द सहित गीत सहित भिडियोमा समेत अश्लिलता प्रदर्शन गरेको भन्दै पत्रकार यादवले समाचार लेखेका थिए । उनलाई समाजिक सँजाल सहित फोन, व्हटसएप मार्फत गाली गलौज र धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दर्ता गराएको छ । पत्रकार यादवले आईतबार साईबर क्राईम अन्तर्गत गालीगलौज र धम्की दिने तथा फेसबुक ह्याक गरी अन्य व्यक्तिहरुलाई मेसेज गरेको आरोप सहित निवेदन दर्ता गराएका हुन् । पत्रकार यादवलाई आफू सन्नु कुमारको समर्थक भन्दै मोबाईल नम्बर ९८१८८४७७७३ र ९८११७०५१११ बाट निरन्तर गाली गलौज सहित धाक धम्की दिएको आरोप छ । जानकारी अनुसार, पहिलो नम्बर धमेन्द्र कुरवा नामक व्यक्तिको नाममा रहेको छ भने अर्का घनश्याम यादव नामक व्यक्तिको नाममा रहेको छ । निवेदन मार्फत पत्रकार यादवले गायक सन्नु कुमार खँग र धाकधम्की दिने व्यक्तिहरुलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् । पत्रकार यादवका अनुसार, उनलाई सन्नु कुमारले नै धम्की दिन लगाएको हो । गायक सन्नु कुमार सुरुमा सान्दर्भिक गीत गाएपनि पछि भोजपुरी भाषाकै गीतहरु जस्तै अश्लिल र दोहोरो अर्थको गीतहरु गाउन थालेपछि आलोचना भएको हो । मधेशी समुदायमा नाकारात्मक प्रभाव पार्ने खालका गीतहरु गाउन थालेपछि यसले पार्ने असरको बारेमा समाचार आएको थियो । छिमेकी मुलुक भारतको विहार राज्यस्थित चर्चित गायक खेसारीलाल यादवले सधैं अश्लिल गीत गाउँदा उनको छोरी र बहिनीलाई लगाएर पनि केही गायकहरु गीत गाएपछि आफूले गलती गरेको महसुस गरेका छन् । सन्नु कुमारको गीत सुन्ने श्रोता अधिक भएपनि उनको गीतलाई भने नाकारात्मक रुपमै लिन गरेका छन् । विगत केही महिनादेखि घमण्डले चुर भएका सन्नु कुमार हिन्दी भाषाको गीतहरुबाट म्यूजिक चोरी गरी मात्र गीत बनाउँदै आएका छन् । साभार ः– न्युज ब्युरो