शम्भु पंडित । जनकपुरधाम । असार ०२ गते
प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुरधामको बलवा टोलमा मन्दीरको जग्गामा जबर्जस्ती कब्जा गरि नीजि भवन बनाउन लागेको छ ।
स्थानियले मन्दिरका उतराधिकारी महन्थको नाममा रहेको सो जग्गा जबर्जस्ती कब्जा गरी निजि भवन बनाइरहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बलवा टोल स्थित प्रहारी चौकी भन्दा करिब १ सय मिटर उतर तर्फ सिया रघुनाथ सदन बिहार कुण्डका महन्थ जयकिशोर शरणको नाममा रहेको कित्ता नं. १८ बगैचा विवरण लालपुर्जामा उल्लेख भएको ४ कठ्ठा ११ धुर २ कन्वा निजी गुठि जग्गामा अतिक्रमण गरी निजी घर निर्माण भइरहेको छ ।
स्थानिय अमचन्द्र अनिल र उनका भाई भरत सिंहले मन्दिरको जग्गा कब्जा गरी जवर्जस्ती निजि घर बनाइरहेको सिया रघुनाथ सदन बिहार कुण्डका अर्का महन्थ रामविसेश्वर दासले बताए ।
मन्दिरको जग्गमा निर्माण भइरहेको घर रोक्न खोज्दा दुव्र्यवहार गरेको दासले बताए । नजिकै रहेको मन्दीरको अन्य जग्गामा पनि अनिलले आखा बनाएको छ ।
जनकपुरमा समाजसेवीको पहिचान पाएका अमचन्द्र अनिल मन्दिरको जग्गा कब्जा गर्न प्रहरीबाट सहयोग पाएका छन् ।
यता अमरचन्द्र अनिलले आफु कुनै मन्दिरको जग्गामा घर नबनाएको दावी गरे । भाई भरतले भने मन्दिरको जग्गामा घर बनाउँदैछ उनले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणभाटले अनिललाई संरक्षण गर्दै आएको प्रहरी श्रोतले जनाएको छ ।