असारको अन्तिम साता चलिरहेको छ । यो महिनामा नै विकास निर्माणका अधिकांश कामहरू सकिन्छ । हतारमा गरिएको विकासको गुणस्तर घटेको पाईएको छ । यो महिनामा हुने विकासी कामको गुणस्तरीयता एकदमै खस्केको पाइन्छ । हरेक आर्थिक वर्षको अन्तिममा गरिने विकास निर्माणको काममा तोकिएको मापदण्ड अनुसार गुणस्तर भेटिएको छैन । यसै महिना हुने गरेको विकास निर्माणको काममा गुणस्तरीयता भेटिदैन् । सडक ढलान हुँदा हुँदै क्रेक हुने । कालोपत्र सकिन्छ पछाडिबाट उप्किदै जान्छन् । माटोको कामको त झन कुरै नगरौं हिलाम्मे बनाएर छोडछ । जन्तालाई आखिर सास्ती खेप्नु पर्ने नै हुन्छ । विकास निर्माणको काममा यसरी समस्या आईरहेतापनि रातारात काम पूरा भएको देखाउने र बाँकी रहेको बजेट निकासा गर्ने हतारमा उपभोक्ता समिति र ठेकेदारहरू देखिन्छन् । कर्मचारीहरू अनुगमनमा पनि जाँदैनन् । किनकि उनीहरूलाई हतारहतारमा काम गर्न बाध्य पारिन्छ । काम सम्पन्न नगरीकन सम्पन्न भएको देखाउन दबाब दिईन्छ । कर्मचारीहरूलाई दुर्ववहार गरिनुको साथै कुटपिट पनि गरिन्छ । यहाँ सम्मकि कम्युटर फुटाईदिने घटना बाहिर आएको हो । त्यही भएर अनुगमन काम सम्पन्न भएको देखाउनमा केन्द्रित छन् । कामको गुणस्तरीयता बढाउने र मापदण्डअनुरूप काम भएको हो वा होईन् भन्ने विषयमा केन्द्रित नै छैन्न् । जसकारण निर्माण गर्ने व्यक्तिले औपचारिक र कागजी हुन जाने सम्भावना अत्यधिक बढेको हो । विकास निर्माणको काममा कमसल सामग्री प्रयोग पनि झनै अप्ठ्यारो हुने गरेको छ । यसकारण विकास निर्माणको कामको गुणस्तरीयता बढाउन सबैतर्फ बाट ध्यान दिनै पर्ने हुन्छ ।