रौतहटको माधवनारायणमा बाख्रासहित मोटर र स्प्रे टंकी हस्तान्तरण ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ २४, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
रौतहटको माधवनारायणमा बाख्रासहित मोटर र स्प्रे टंकी हस्तान्तरण ।


उपेन्द्र गोले रौतहट । असार २३ गते
रौतहटको माधवनारायण नगरपालिकामा किसानहरुलाई बाख्रासहित मोटर र स्प्रे टंकी हस्तान्तरण गरेको छ । माधवनारायण नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमे वडा नम्बर ७ पिप्रा रजवाडामा भएको हो । सो वडाका किसानहरुलाई १९ थान मोटर , ३० ओटा बाख्रा र २० थान टंकी स्प्रे वितरण गरिएको नगर विरेन्द्र प्रसाद साहले बताउनु भयो । पानी तथा टंकी अभावका कारण किसानहरुलाई समस्या हुदै आएकामा बुधबार एक कार्यक्रमकाबिच मोटरसहित स्प्रे टंकी लगायतका सामग्री हस्तान्तरण गरिएको हो । स्थानिय निकायहरुले किसानहरुलाई सहजता लागी विभिन्न कृषि सामग्रीहरु हस्तान्ँतरण गरिैको नगर प्रमुख विरेन्द्र प्रसाद साहले बताउनु भयो

ताजा अपडेट

खोजी गर्नुहोस