राजिव शाह सर्लाही,असार२४ गते
सर्लाही हरिपुर नगरपालिकाका विद्यालय कर्मचारीहरु दुई दिने धर्ना बसेका छन् ।
हरिपुर नगरपालिका विद्यालय कर्मचारी तथा बालविकास शिक्षकले संयुक्त रुपमा बिहीबार र शुक्रबार धर्ना जारी रहने जनाएको छ । बैठकले श्रम तथा पारिश्रमिक सम्बन्धि नेपाल सरकारलेको प्रतिबद्धता अनुसार आर्थिक बर्ष०७८र०७९को बजेटको वक्तब्य मार्फत विद्यालय कर्मचारी तथा बाल बिकास शिक्षक तथा न्युनतम पारिश्रमिक संघिय सरकार ८ हजार र ७ हजार स्थानीय तहबाट गरी ९रु १५ हजार० व्यवस्था हुने भनिए पनि पुनः दोस्रो पटक ध्यानाकर्षण सहित अनुरोध गरिएको नेपाल शिक्षक महासंघ हरिपुर नगर समितीले जनाएको छ । महासंघले हिजो बुधबार जिला प्रशासन कार्यालय सर्लाही ,जिल्ला शिक्षा तथा समन्वय इकाई सर्लाही र हरिपुर नगरपालिका शिक्षा शाखा प्रमुखलाई दोस्रो पट्क ध्यानाकर्षण पत्र समेत पठाएका हुन् । हरिपुर स्थित नगरपालिकाको कार्यालयमा नगर भित्रका विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरु धर्ना कार्यक्रममा सहभागी रहेको छ ।